दाङ – १ प्रदेश सभा ‘ख’ मा आसन्न प्रदेश सभाको निर्वाचन रोमाञ्चित बन्ने देखिएको छ । यस क्षेत्रमा नेपाली कांग्रेसबाट अनुराग खड्का र नेकपा एमाले बाट कुलबहादुर केसी आमानेसामाने भएका छन ।
अनुराग नेपाली कांग्रेसका प्रभावशाली नेता, पुर्व मंत्री स्वर्गीय खुमबहादुर खड्का पुत्र हुन् भने केसी २०७४ सालमा नेकपा एमालेबाट लमही नगरपालिकाको नगर प्रमुखमा निर्वाचित भएका व्यक्ति हुन। कुनै समय नेपालको राजनीतिकमा बलियो पकड बनाएका नेता स्वर्गीय खड्का पुत्र अनुरागको यो निर्वाचनमा प्रदेश सभा सांसद बन्नका लागि ‘इन्ट्री’ हुनुले यस क्षेत्रको राजनीतिक नै तरंगित बनेको छ ।
अनुरागले टिकट लिएपछि यस क्षेत्रका कांग्रेसीजनले स्वर्गीय नेता खुमबहादुरको दोस्रो रुपमा हेरेका छन। मतदाताहरु उत्साहित बनेका छन। अनुरागलाई निर्वाचन जिताएर यो क्षेत्रमा कांग्रेसलाई बलियो बनाउनमा उनको अभियान रहोस भन्ने उनि निकट कार्यकर्ताहरुको अपेक्षा छ ।
यस क्षेत्रमा गठबन्धनले प्राप्त गर्ने कुल मतको आंकलन गर्ने हो भने करिव बाह्र हजार बढी मतको फरकले गठबन्धनका उम्मेदवारले निर्वाचन जित्ने देखिन्छ । गठबन्धन टिम आसन्न निर्वाचनमा सहजै जित निकाले दाउमा छ भने कांग्रेस भित्र टिकट बाँडफाँडको विषयलाई लिएर देखिएको तिक्ततालाई मध्यनजर गर्दै एमाले चुनाव जित्ने आन्तरिक रणनीतिकमा लागेको छ ।

प्रतिक्रिया दिनुहोस्