गठबन्धनका साझा उम्मेदवार ‘अनुराग’ भेटघाटमै व्यस्त, मतदाता उत्साहित

प्रिया स्मृती गजमेर
प्रिया स्मृती गजमेर ५ कार्तिक २०७९, शनिबार
2 Min Read
Aa
Exif_JPEG_420

दाङ – नेपाली कांग्रेसका युवा नेता तथा यहि मङ्सिर ४ गते हुन लागेको प्रदेश सभा सदस्य निर्वाचनमा दाङ – १ ‘ख’ बाट पांच दलीय गठबन्धनका साझा उम्मेदवार अनुराग खड्काले आज लमही नगरपालिकाका मतदातासंग भेटघाट तथा छलफल गर्नु भएको छ । आसन्न प्रदेश सभा निर्वाचनमा कसरी सफलता हाँसिल गर्न सकिन्छ, मतदातालाई कसरी आफु नजिक गराउन सकिन्छ भन्ने बारे यस क्षेत्रका नेता तथा कार्यकर्ताहरुसंग छलफल गर्नु भएको युवा नेता खड्काले जानकारी दिनु भयो ।

No description available.

आज शनिबार युवा नेता खड्काले लमही नगरपालिकाका वडा नम्बर १, २, ३, ४, वडाहरुमा जनताको घरदैलोमा पुग्दै आफुलाई भोट दिएर विजयी गराउन अपिल गर्नु भएको छ । त्यस्तै लुम्बिनी प्रदेशका समानुपातिक पदका उम्मेदवार तथा कांग्रेस नेतृ लोकी कुमारी विश्वकर्मा ( लोका) , एकीकृत समाजवादीका मिना गुरुङ, शिल्पा चौधरीले पनि मतदाताहरुलाई भेटघाट गर्ने र गठबन्धनका पक्षमा मतदान गर्न कार्यकर्तालाई आग्रह गर्नु भएको छ ।

त्यस्तै नेपाली कांग्रेसका प्रभावशाली दिवंगत नेता खुम बहादुर खड्का पत्नी, पुर्व सांसद तथा केन्द्रीय सदस्य शिला खड्का पनि यतिबेला गृह जिल्ला दाङमै केन्द्रित हुनु भएको छ । पुत्र अनुराग खड्का प्रदेश सभा सदस्य पदका उम्मेदवार बनेपछि उहाँ काठमाण्डौको बसाई गृह जिल्ला दाङको लमही- ८ गोझेना सार्नु भएको हो ।

No description available.

छोराको प्रचार प्रसार, स्थानीय नेता कार्यकर्ता संग भेटघाट गर्ने, गठबन्धनका उम्मेदवार जिताउन पहल गर्ने काममा केन्द्रीय सदस्य शिला खड्का व्यस्त देखिनु हुन्छ । उहाँ भन्नु हुन्छ’- “मेरा श्रीमान् स्वर्गीय खुमबहादुर जीले दंगाली जनताको सेवा गर्नका लागि उत्तराधिकारी छोडेर जानु भएको छ अब यो उत्तराधिकारीलाई हराउने वा जिताउने सम्पूर्ण दाङ देउखुरीबासीको हातमा छ’-।

No description available.

उसैपनि दाङ नेपाली कांग्रेसको बलियो पकड भएको जिल्ला हो तर पार्टीको आन्तरिक मनमुटावले गर्दा केहि कम्जोर भएको महसुस गरेकी छु, तर अब म लगायत सबै नेताहरु मिलेर एकजुट हुनुको विकल्प छैन’- शिला भन्नु हुन्छ । स्वर्गीय नेता खुमबहादुर खड्का पुत्र आसन्न निर्वाचनमा नेकपा एमालेका नेता, लमही नगरपालिकाका पुर्व नगर प्रमुख कुलबहादुर केसीसंग दाङ -१ प्रदेश ‘ख’ मा चुनावी प्रतिष्पर्धामा हुनुहुन्छ ।

No description available.

No description available.

No description available.

प्रिया स्मृती गजमेर

प्रतिक्रिया दिनुहोस्