लमही नगरपालिकाले पनि शुरु गर्यो राहत वितरण गर्न

प्रिया स्मृती गजमेर
प्रिया स्मृती गजमेर ५ कार्तिक २०७९, शनिबार
1 Min Read
Aa

दाङ – लमही नगरपालिकाले बाढी पिडितलाई राहत वितरणको काम शुरु गरेको छ । लमही नगरपालिकाका उपप्रमुख तथा न्यायिक समितिका संयोजक लक्ष्मी योगीको नेतृत्वमा राहत वितरण कार्य शुरु गरिएको लमही नगरपालिका विपद व्यवस्थापन शाखा प्रमुख गायत्री थापाले जानकारी दिनु भयो ।

पहिलो चरणको राहत नगरको वडा नम्बर ९ को रिहार, तेलिया, अमिलिया र बिजुलीपुर गाउँ सम्मका पिडितलाई वितरण गरेको र पहिलो दिन अमिलिया १०, हर्दवा १, रिहार ६, तेलिया १३, कोल्तरा २, घोयली १, जलकुन्डी १, पैते १, खोलिगाउँ १ र बिजुलीपुर ७ गरि ४२ घरपरिवारलाई चामल २५ केजी दाल २ केजी, नुन १ केजी र तेल १ लिटर राहत स्वरूप प्रदान गरेको नगरपालिकाका उपप्रमुख लक्ष्मी योगीले बताउनु भयो। नगरपालिकाले तत्काल राहत उपलब्ध गराउनु पर्दथ्यो तर आन्तरिक समस्याले तत्काल उपलब्ध गराउन सकेनौ, अब हामीले क्रमश राहत सबै वडाका पिडित सम्म पुग्ने गरि वितरण गर्नेछौं’- उपप्रमुख योगीले भन्नु भयो।

ढिलै भएपनि राहत पाउँदा बाढी पिडितहरु खुसि भएका छन् । यहि असोज २१ गते देशैभर आएको बढीले दाङ लगायत देशैभर क्षती गरेको थियो। यसैविच दाङको देउखुरी क्षेत्र डुबानमा परेको थियो । बाढीले अन्य पालिका भन्दा लमही नगरपालिकामा बढी नोक्सानी भएको थियो । राहत वितरण कार्यक्रममा अन्य जनप्रतिनिधिको पनि सहभागिता रहेको थियो ।

प्रिया स्मृती गजमेर

प्रतिक्रिया दिनुहोस्