दाङ – नेपाली कांग्रेसका युवा नेता, दाङ – १ प्रदेश ‘ख’ बाट पांच दलीय गठबन्धनका साझा उम्मेदवार अनुराग खड्काले राष्ट्रहित र विकास निर्माणका लागि आफ्नो बिशेष भूमिका रहने बताउनु भएको छ । जनताको अवस्था बदल्ने माध्यम चुनाव भएकाले मतदाताहरुलाई सहि नेतृत्व चुन्ने वातावरण निर्माण गर्न नेता, कार्यकर्ताहरुलाई आह्वान समेत गर्नु भएको छ ।
सोमबार लमही नगरपालिका- ७,८ र ९ का मतदातालाई सम्बोधन गर्दै युवा नेता खड्काले सो कुरा बताउनु भएको हो । राष्ट्रहित र विकास निर्माणका लागि नेपाली कांग्रेसनै आवश्यक रहेको भन्दै ढुक्क भएर गठबन्धनका उम्मेदवारलाई मतदान गर्न मतदातालाई आग्रह गर्नु भएको छ ।
स्पष्ट नीति र सक्षम नेतृत्व आएन भने देश र जनता दुबैलाई क्षति हुन्छ, यो बेला सबैले बुद्दी पुर्याएर नेता चुन्नु पर्छ, नत्र पांच वर्ष सम्म पछुताएर बस्नुको विकल्प हुन्’- उम्मेदवार खड्काले भन्नु भयो । यो बेला हामीले अरुको कुरा काट्नु भन्दा अब हामीले यो देश र जनताको लागि के गर्नु आवश्यक छ भन्ने कुराको जानकारी हुनु पर्छ’- अनुरागले भन्नु भयो ।
अहिलेसम्मको अवस्था देख्दा जनता नेपाली कांग्रेस सहितको गठबन्धनकै पक्षमा छन, अहिलेको सन्दर्भमा गठबन्धन आवश्यकता र बाध्यता भएकोले आम कार्यकर्ताहरु निरास नहुन समेत गठबन्धनका साझा उम्मेदवार खड्काको आग्रह छ ।

प्रतिक्रिया दिनुहोस्