दाङ – नेपाली कांग्रेसका युवा नेता, दाङ निर्वाचन क्षेत्र नम्बर १- प्रदेश सभा ‘ख’ का उम्मेदवार अनुराग खड्काले आफ्नो मूल एजेण्डा देशको विकास र समृद्धि भएको बताउनु भयो । आज बुधवार बिहान लमही बजारका व्यवसायीहरुसंगको भेटघाटका क्रममा युवा नेता खड्काले सो कुरा बताउनु भएको हो ।
खड्का यहि मङ्सिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा दाङ – १ ‘ख’ मा नेकपा माओवादी, एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा लगायत दलले समर्थन गरेको उम्मेदवार हो, उहाँ नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सर्वाधिक मत लिएर केन्द्रीय महाधिवेशन प्रतिनिधि बन्नु भएको हो ।
आसन्न निर्वाचनलाई मध्यनजर गर्दै व्यवसायीहरुलाई भेट गर्न लमही बजार पुगेका युवा लोकप्रिय नेता खड्काले देशको विकास र समृद्धि बाहेक अरु कुनै एजेण्डा आफूहरुसँग नभएको बताउनु भयो । त्यस्तै स्थायी शान्ति, बलियो लोकतन्त्र र संविधानको रक्षाका लागि गठबन्धन बनाएको उहाँको दावी छ, ‘यदि कसैले प्रधानमन्त्री देउवाले आफु प्रधानमन्त्री हुनकै लागि यो गठबन्धन गर्नु भएको हो भन्छ भने त्यो सरासर गलत हो किन भने यतिबेला हामी संकटमा छौं त्यो कुरा हाम्रा कार्यकर्ताहरुले बुझ्न जरुरी छ’- खड्काले भन्नु भयो ।
यो पटक गठबन्धनले चुनाव जिते देशलाई क्रमशः समृद्ध बनाउँदै लैजाने उहाँको भनाई छ । आफू निर्वाचित भएमा सबै पेसा, व्यवसायका मानिसहरूको हक अधिकारहरुको सुनिश्चित हुने गरी कानुन बनाउने पनि उम्मेदवार खड्काले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्