दाङ – नेपाली कांग्रेसका युवा नेता, केन्द्रीय महाधिवेशन प्रतिनिधि तथा दाङ -१ प्रदेश ‘ख’ बाट पाँच दलिय गठबन्धनका साझा उम्मेदवार अनुराग खड्काले धनको आडमा राजनीति गर्दा राज्यमा निरङ्कुश र तानाशाही प्रवृति हावी हुने बताउनु भयो ।
दाङ निर्वाचन क्षेत्र नंं. १ प्रदेश ‘ख’ अन्तर्गत विभिन्न पालिकाको वडाहरूमा भएको संयुक्त भेला तथा घरदैली चुनावी अभियानका क्रममा भेलालाई सम्बोधन गर्दै उम्मेदवार खड्काले सो कुरा बताउनु भएको हो ।
उम्मेदवार खड्काले पछिल्लो समय यता राजनीतिमा धनको हावी हुँदै गएकोले यस्तो परिपाटीले युवाहरूको राजनीतिक भविष्यसमेत समाप्त हुने देखिएको उहाँको भनाई छ, ‘यदि यो परिपाटी अन्त्य नगर्ने हो भने देश नै आर्थिक संकटमा डुब्ने खतरा रहेको औल्याउनु भयो।
पैसा भए मात्र टिकट पाउने पैसा नभए टिकट नपाउने सिस्टम अन्त्य हुनु पर्छ, क्षमता भएका युवाहरु राजनीतिमा आउन पाउनु पर्छ भन्ने मेरो मान्यता हो’- उहाँले भन्नु भयो। अब देशको लागि युवा बर्गहरु चुनावी मैदानमा होमी सकेकाले देशको नेतृत्व युवाहरुले पाउनु पर्ने उहाँको दावी छ ।

प्रतिक्रिया दिनुहोस्