जनताको मतको कदर गर्ने मात्र सक्षम नेता हो – अनुराग खड्का

प्रिया स्मृती गजमेर
प्रिया स्मृती गजमेर ३० कार्तिक २०७९, बुधबार
2 Min Read
Aa

दाङ – कांग्रेसका युवा नेता, दाङ -१ प्रदेश सभा ‘ख’ बाट पांच दलीय गठबन्धनका साझा उम्मेदवार अनुराग खड्काले जनताले दिएको मतको कदर गर्न सक्ने मात्र सक्षम नेता हुने बताउनु भयो । लमही नगरपालिका-१ को शितलापुरमा गठबन्धनले आयोजना गरेको संयुक्त भेलालाई सम्बोधन गर्दै युवा नेता खड्काले देश र जनताका लागि एक ढिक्का हुनु पर्ने बेला समेत आएको बताउनु भयो ।

प्रदेश ‘ख’ का विभिन्न क्षेत्रका चुनावी सभालाई सम्बोधन गर्दै युवा नेता खड्काले भन्नु भयो-‘ देश यतिबेला संकटमा छ, पचास काटेकाहरुले देशलाई डुबाए, उनीहरुबाट देश र जनताले अब आश गर्नु भनेको ‘आकाशको फल आँखा तरि मर’ भने सरह हो । यदि मैले चुनाव जिते र अन्य नेताहरु जस्तै जनताको मतको कदर गर्न र काम गर्न सकिन भने त्यसको जवाफ तपाईहरुसंगै छ म केहि भन्दिन ।

गठबन्धनका साझा उम्मेदवार खड्काले लमही नगरपालिका – ६ र वडा नम्बर १ शितलापुरका स्थानीयलाई सम्बोधन गर्दै आफ्नो पहिलो चुनाव भएकाले विश्वास गरेर मतदान गरिदिन पनि आग्रह गर्नु भएको छ । एक पटक संसद भवनमा आफुलाई इन्ट्री गराएर हेर्न पनि मतदातालाई अनुरोध गर्नु भएको छ ।

जसको सरकार भएपनि जनताको समस्या समाधान हुनु पर्छ, यो या त्यो पार्टीको सरकार, त्यो पार्टीका कार्यकर्ता भन्ने वाला छैन, यो कुरामा तपाईहरु ढुक्क हुनुस’- खड्काले भन्नु भयो । चुनाव नजित्दा सम्म मात्र हामी पार्टीका कार्यकर्ता हुन्छौं, जब चुनाव जितेर सामाजिक पद धारण गरि सकेपछि हामी सबैको नेता हो, हामीले सबैको काम गर्ने छौं’- खड्काले भन्नु भयो।

मङ्सिर ४ गते हुन लागेको निर्वाचनमा जनता गठबन्धनका पक्षमा रहेको भन्दै देशैभर गठबन्धनले जितेर गठबन्धनकै सरकार बन्ने कुरामा आफु विश्वस्त भएको खड्काको भनाई छ । उहाँ भन्नु हुन्छ’- दाङका तीनवटै निर्वाचन क्षेत्रमा गठबन्धनले धेरै मतको फरकमा चुनाव जित्ने मेरो आंकलन छ ।

गठबन्धनले आयोजना गरेको संयुक्त भेलालाई समानुपातिक उम्मेदवार लक्ष्मी चौधरी, लोका विक लगायतले सम्बोधन गर्नु भएको थियो ।

प्रिया स्मृती गजमेर

प्रतिक्रिया दिनुहोस्