दाङ – निर्वाचन क्षेत्र नम्बर १ बाट गठबन्धनका उम्मेदवार बनेका कांग्रेसका प्रभावशाली दिवंगत नेता खुमबहादुर खड्का पुत्र अनुराग खड्काले पांच दलिय गठबन्धनका सबै उम्मेदवारलाई विजयी गराउन आफ्ना मतदातालाई आग्रह गर्नु भएको छ ।
दाङ निर्वाचन क्षेत्र -१ प्रदेश ‘ख’ अन्तर्गत लमही नगरपालिका -६ मा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै युवा नेता खड्काले गठबन्धनको जित नै जनताको जित हुने पनि दावी गर्नु भयो । ‘यो गठबन्धन मङ्सिर ४ पछि पनि कायम रहन्छ, लामो समय सम्म पनि रहन सक्छ, त्यसकारण गठबन्धन भित्रका हाम्रा कार्यकर्ताहरु कसैको बहकावमा नलाग्नु होला, मन दरिलो पारेर सबैलाई समेट्न तर्फ ध्यान दिनु होला’- उहाँले भन्नु भयो ।
दाङका सबै क्षेत्रमा एमाले पराजित हुन्छ, त्यसकारण नेकपा एमाले ‘होप्लेस’ भएको छ, खड्काले भन्नु भयो । म ठोकुवाका साथ् भन्छु, मङ्सिर ४ पछि दाङका कुनै पनि क्षेत्रमा एमाले शुन्य हुनेछ’।
मेरो बुवा स्वर्गीय खुमबहादुर खड्का पछि दाङ १ को नेताका रुपमा उदयमान हुनु भएका नेपाल सरकारका बहालवाला मंत्री मेटमणि चौधरीको पनि जित पक्का छ, हामी र हाम्रा कार्यकर्ताले उहाँलाई जसरी भएपनि जिताएर सांसद बनाउनु पर्ने जिम्मेवारी आएको छ’- खड्काले भन्नु भयो ।
अब यो क्षेत्रमा राजनीतिक सहयात्रीको रुपमा म आएको छु, गठबन्धनका उम्मेदवारहरुले बाटो बिराउन लागे खबरदारी गर्ने जिम्मा मेरो भयो, यो कुराको आश्वस्त म तपाईहरुलाई पार्न चाहान्छु’- खड्काको भनाई छ । यो पटकको चुनावमा मेटमणि दाई, इन्द्रजित दाई म लगायत गठबन्धनबाट जति पनि उम्मेदवार बनेका छौं, सबैलाई निर्वाचित गराउन समेत म सबैमा अनुरोध गर्दछु’- खड्काले भन्नु भयो ।

प्रतिक्रिया दिनुहोस्