मङ्सिर ४ पछी एमाले तह लाग्छ – मेटमणि चौधरी

प्रिया स्मृती गजमेर
प्रिया स्मृती गजमेर १ मंसिर २०७९, बिहीबार
1 Min Read
Aa

दाङ – सहरी विकास मंत्री मेटमणि चौधरीले दाङ -१ का कार्यकर्तालाई नेकपा एमालेले भर्मित गर्ने काम गरिरहेको बताउनु भएको छ । चुनाव नजिकै आइसकेकोले चुनावमा जनतालाई भड़काउँन विभिन्न बहानाबाजी खोजि रहेको उहाँको ठम्याई छ ।

बम गठबन्धनक तर्फबाट दाङ -१ प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार समेत रहनु भएका चौधरीले एमालेले जनतालाई फेरी पनि गुमराहमा पारेर सत्ता हातमा लिन खोजेको छ, यो प्रयासलाई मङ्सिर ४ मा जनताले देखाई दिने समेत बताउनु भयो ।

देश र जनताको हित विपरित काम गरेकोले केपी ओली पनि मङ्सिर ४ पछि उत्तानो पर्छन, देशको सातै प्रदेशमा गठबन्धनको सरकार बन्छ र एमाले प्रतिपक्षमा बस्न लायक पनि रहन्न हेर्दै जानुहोला’- मेटमणिले भन्नु भयो ।

दाङ- निर्वाचन क्षेत्र नम्बर १ का नेता तथा कार्यकर्तालाई सम्बोधन गर्दै पांच दलिय गठबन्धनबाट उम्मेदवार बन्नु भएका सबै उम्मेदवारलाई जिताउनका लागि उहाँले अपिल गर्नु भएको छ। पटक पटक संसद माथि हमला गर्ने, संविधानको हत्या गर्न खोज्ने त्यस्ता शासकलाई अब जनताले तह लगाउनु पर्ने उहाँको भनाई छ ।

प्रिया स्मृती गजमेर

प्रतिक्रिया दिनुहोस्