सोलोमन आइल्याण्डमा शक्तिशाली भूकम्प

दाङ समाचार
दाङ समाचार ६ मंसिर २०७९, मंगलवार
1 Min Read
Aa

काठमाण्डौ – सोलोमन आइल्याण्डमा ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। प्रशासन्त महासागरमा रहेको सोलोमन आइल्याण्डमा गएको भूकम्पका कारण मानवीय क्षतिको जानकारी नरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

राजधानी होनिएरासहितका क्षेत्रमा भूकम्पका कारण करिब २० सेकेण्डसम्म धक्का महसुस भएको थियो।

सुनामी आउन सक्ने जोखिम रहेको भन्दै प्रधामन्त्रीको कार्यालयले स्थानीय बासिन्दालाई उच्च स्थानमा जान आग्रह गरेको छ। तर मौसम सेवाले भने सुनामीको जोखिम नरहेको उल्लेख गरेको छ। नेपाली समय अनुसार मंगलबार बिहान ७ः४५ बजे भूकम्प गएको हो।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्