दाङ – यौन सम्बन्धको प्रस्ताब राख्दै व्ल्याकमेलिङ गर्न खोजेको आरोपमा दाङ प्रहरीले एक पुरुष र २ महिलासहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी वीर वहादुर ओलीले दिएको जानकारी अनुशार मोटो रकमको डिल गर्दै गर्दा घोराहीको एक होटलबाट दुई जना महिला र एक पुरुषलाई नियन्त्रणमा लिएको बताउनु भयो ।
जिल्ला प्रहरी कार्यालय दाङका अनुसार पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका- १० नारायणपुरका २७ बर्षिय रुद्रवहादुर केसी, तुलसीपुर उपमहनागरपालिका- १८ ग्वारखोलाकी ३६ वर्षिया कृष्णि कुमारी बस्नेत, गढवा गाउँपालिका- ६ घर भई हाल तुलसीपुर बस्दै आएकी ३५ वर्षिया अनुष्का सिंह भनेर चिनिने कृष्णि गहतराज रहेका छन ।
प्रहरीले दिएको जानकारी अनुशार पक्राउ परेका उनीहरुले तुलसीपुरका एक जना व्यवसायीलाई व्ल्याकमेलिङ गर्दै मोटाे रकम नदिए बलात्कार मुद्भा हाल्ने भनेर ती महिलाहरुले धम्कि दिदै आएका थिए ।
ती पीडित व्यवसायीले आफुलाई यौन सम्बन्धको प्रस्ताब राख्दै व्ल्याकमेलिङ गर्न खोजेपछि प्रहरीमा जाहेरी दिएका थिए । जाहेरीपछि प्रहरीले घोराहीबाट उनीहरुलाई नियन्त्रणमा लिएको हो । घटनाको मतियारको रुपमा पक्राउ परेकी अनुष्का रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । अनुष्कासंग दुइ वटा नेपाली नागरिकता समेत रहेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका तीनै जना विरुद्ध मुद्धा दर्ता भई घटनाको बिस्तृत अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता राजन कुमार गौतमले जानकारी दिनु भयो । गौतमका अनुसार म्याद थपेर १० दिनदेखि उनिहरुलाई प्रहरी हिरासतमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्