समाज रुपान्तरणमा सञ्चारको अहम भुमिका – मन्त्री शर्मा

प्रिया स्मृती गजमेर
प्रिया स्मृती गजमेर ४ पुष २०७९, सोमबार
3 Min Read
Aa

दाङ – लुम्बिनी प्रदेशका आन्तरिक मामिला, कानून तथा संचार मन्त्री तिलकराम शर्माले समाज रुपान्तरणमा सञ्चारको अहम भुमिका हुनु पर्ने बताउनु भयो । राष्ट्रको समृद्धिको लागि दाङको पत्रकारिताले मुख्य भुमिका खेल्नेमा आफू विश्वस्त रहेको उहाँको भनाई छ ।

दाङको तुलसीपुरमा आयोजित नेपाल पत्रकार महासंघ दाङ शाखाको ३० औं स्थापना दिवस तथा २१ औं साधारणसभालाई सम्बोधन गर्दै लुम्बिनी प्रदेशका आन्तरिक मामिला, कानून तथा संचार मन्त्री तिलकराम शर्माले सो कुरा बताउनु भएको हो ।

आलोचना गर्न नडराउन आग्रह गर्दै गलत कुरालाई गलत बनाएर बाहिर ल्याउन हिम्मत गर्नु पत्रकारिताको धर्म हो, सत्यतामा टेकेर पत्रकारिता गर्न पनि मन्त्री शर्माले पत्रकारलाई आग्रह गर्नु भएको छ ।

त्यस्तै कार्यक्रममा जिल्ला प्रहरी कार्यालय दाङक प्रहरी प्रमुख वीर वहादुर ओलीले पत्रकारिता अत्यन्तै संबेदनसिल क्षेत्र भएकोले समाचार सम्प्रेषण गर्दा शान्ति सुरक्षालाई पनि ख्याल गरिदिन आग्रह गर्नु भएको छ ।

जिल्ला प्रशासन कार्यालय दाङका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले पत्रकारले गलत प्रवृत्तिलाई चिरफार गरि खबरदारी गर्दै सहि मार्ग निर्देश गर्न तर्फ कलम चलाउनु पर्ने बताउनु भयो ।

जन संगठन पत्रकार दाङका अध्यक्ष हेमन्त प्रकाश वली, मानव अधिकार तथा शान्ति समाज दाङका सभापति नेपाल प्रगतिशील पत्रकार संघ दाङका अध्यक्ष महेशचन्द्र रिजाल, प्रेस सेन्टर लुम्बिनी प्रदेशका महासचिव भुपेन्द्र प्रकाश वली, क्रान्तिकारी पत्रकार संगठन नेपालका केन्द्रीय संयोजक हिरामणी दु:खी, सिस्नोपानी नेपाल दाङका अध्यक्ष डाक्टर लोकराज पराजुली, प्रेस चौतारी नेपाल दाङका अध्यक्ष इन्द्र डिसी, प्रेस युनियन दाङका कार्यबाहक अध्यक्ष नारायण खड्का, प्रेस युनियन नेपालका केन्द्रीय पुर्व अध्यक्ष मुरारी कुमार शर्मा, तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष रामप्रसाद चालिसे, घोराही उद्योग वाणिज्य संघका सदस्य दीओअक रेग्मी, नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी दाङका अध्यक्ष चुर्ण वहादुर वली, राष्ट्रिय जनमोर्चा दाङका अध्यक्ष गणेश आचार्य, नेकपा माओवादीकेन्द्र दाङका इन्चार्ज निर्मल आचार्य, नेकपा एमाले दाङका जिल्ला सचिव मनोहर बुढाथोकी, नेपाली काङ्ग्रेस दाङका सहसचिव राजु आचार्य, तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरी, नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य नारायणी रजौरे, नेपाल पत्रकार महा संघ दाङका संस्थापक टीकाराम रेग्मी, नेपाल पत्रकार महासंघ दाङका पुर्व अध्यक्ष सुदीप गौतम, प्रेस काउन्सिल नेपालका सदस्य शरद अधिकारी लगायतले शुभ कामना मन्तव्य राख्नु भएको थियो ।

नेपाल पत्रकार महा संघ दाङका अध्यक्ष दुर्गालाल केसीको अध्यक्षता तथा लुम्बिनी प्रदेशका आन्तरिक मामिला, कानून तथा संचार मन्त्री तिलकराम शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङ शाखाका उपाध्यक्ष बसुन्धरा गौतमले स्वागत मन्तव्य राख्नु भएको थियो भने कार्यक्रमको सहजीकरण सचिव आरके शीतलले गर्नु भएको थियो ।

महा संघका उपाध्यक्ष सन्तोष सुवेदीले उपस्थित सबैलाई धन्यवाद ज्ञापन गर्नु भएको थियो । कार्यक्रममा विभिन्न सामाजिक व्यक्तित्वहरुले पत्रकार महा संघमा अक्षय कोषको स्थापना र रकम वृद्धि गर्नु भएको छ ।

प्रिया स्मृती गजमेर

प्रतिक्रिया दिनुहोस्