दाङ– स्वास्थ्य सेवा प्रवाहमा गुणस्तरीय र प्रभावकारीता विषयक अन्तरक्रिया कार्यक्रम मंगलबार तुलसीपुरमा सम्पन्न भएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल औषधि व्यवसायी संघ दाङका अध्यक्ष विष्णु प्रसाद पौडेलले गुणस्तरीय र प्रभावकारी स्वास्थ्य सेवा प्रवाह गर्ने सवालमा आफुहरु गम्भीर भएको धारणा राख्नु भयो ।
जनस्वास्थ्यसंग जोडिएको विषय भएका कारण खेलवाड नगरी सेवा प्रवाह गर्ने तर्फ सबै सचेत हुनु पर्छ, हामीमाथि व्यवसायी संग संगै सामाजिक उत्तरदायित्व भएको बुझेका छौं सोही अनुशार हामी सबैसंग समन्वय गरेर अगाडी बढ्न चाहान्छौ”- अध्यक्ष पौडेलले भन्नू भयो ।
नेपाल औषधि व्यवसायी संघ लुम्बिनी प्रदेशका उपाध्यक्ष राजेन्द्र श्रेष्ठले कार्यक्रमका बारेमा प्रकाश पर्नु भएको थियो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङका कोषाध्यक्ष शरद रेग्मी, लाइभ दाङका सम्पादक दीपक बोहरा, नेपाल औषधि व्यवसायी संघ दाङका पुर्व अध्यक्ष यनप्रसाद गुप्ता, तुलसीपुर उपमहानगरपालिका स्वास्थ्य शाखाका विष्णु गिरी लगायतले बोल्नु भएको थियो ।
अन्तरक्रिया कार्यक्रममा सहभागीबाट उठेका जिज्ञासा र प्रश्नको सहजीकरण पिडान लुम्बिनी प्रदेशका अध्यक्ष शालिकराम आचार्यले गर्नु भएको थियो ।
नेपाल औषधि व्यवसायी संघ दाङका सचिब सुनिल रेग्मीले स्वागत मन्तव्य राख्नु भएको थियो भने सहजीकरण संघका महासचिव श्याम कुमार गिरीले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्