चेतनाको अभावमा असुरक्षित गर्भपतन गराउनेको संख्या बढ्यो

दिवाकर पोख्रेल
दिवाकर पोख्रेल १० पुष २०७९, आईतवार
3 Min Read
Aa

दाङ – चेतनाको अभाव र समाजका मुल्य मान्यताका कारण असुरक्षित गर्भपतन हुने गरेकाले यस्को नियमनमा आवश्यक देखिएको छ । सरकारले गर्भपतनको लागि स्वास्थ्य संस्थालाई सुचिकृत गरी सुरक्षित गर्भपतन गराउने जिम्मेवारी दिएपनि गर्भवतन गराउनेहरु सुचिकृत संस्थामा जान हिचकिच्चाई रहेको पाइन्छ ।

स्वास्थ्य क्षेत्रमा कार्यरत विज्ञहरुको अनुसार नेपालमा कम उमेरमा हुने यौन सम्पर्क, सामाजिक मुल्य मान्यता र चेतनाको अभावका कारण असुरक्षित गर्भपतन भइरहेको छ । विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रोफेसर श्याम लम्सालले असुरक्षित गर्भपतनको डर लाग्दो अवस्थामा पुगेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘मान्यता प्राप्त बैधानिक हिसावले गर्भपतन नगराउने तर बजारमा छ्याप्छ्याप्ती खुला रुपमै गर्भपतन गराउने औषधि विक्री वितरण भइरहने अवस्थाले महिला स्वास्थ्यको अवस्था कस्तो होला सहजै अनुमान गर्न सकिन्छ ।’ उहाँका अनुसार नियमित अनुमगन र नियमन गर्न सके गर्भपतनलाई सुरक्षित गर्न सकिन्छ ।

नेपालमा गर्भवती हुने महलिा र प्रसुति हुने महिलाको अन्तरबाट पनि असुरक्षित रुपमा गर्भपतन भइरहेको प्रष्ट हुने गरेको महिला अधिकार कर्मीहरु बताउँछन । महिला अधिकारकर्मी लिला शाहले स्वास्थ्य मन्त्रालयको तथ्याङकले बार्षिक १२ लाख महिला गर्भवती हुने देखाएपनि प्रसुति हुने महलिा संख्या ५० प्रतिसत मात्रै देखाउँदै झन्डै आधा महिलाहरुले असुरक्षित गर्भपतन गराएको हुन सक्ने आशंका व्यक्त गर्नुहुन्छ । उहाँ भन्नुहुन्छ,‘हाम्रो तथ्याङको अवस्थाले सरकारी निकायबाट अनुगमनको अवस्था कमजोर रहेको देखाउँछ, यस्को लागि सरकारी सक्रियता र सचेतना आवश्यक छ ।’

सुरक्षित गर्भपतन गराउने निकायको बारेमा पनि जानकारी नहुँदा बाध्यताले महिलाहरु असुरक्षित गर्भपतन गराइरहेको पाइन्छ । दाङको राप्ती गाउँपालिका – १ भालुवाङका जमिर शाहले आफुलाई सुरक्षित गर्भवतन गराउने संस्थाबारे जानकारी नहुँदा गाउँघरमा पनि सूचना दिन नसकेको बताउनुभयो । उहाँले ‘भन्नुभयो, म आफैलाई सचेत मान्छु तर मलाई नै सुरक्षित गर्भपतन गराउने कहाँ हो थाहा छैन,मैले समाजमा कसरी जानकारी दिने ? त्यसैले सचेतना आवश्यक छ ।’

सरकारी निकायबाट सुरक्षित गर्भपतनको बारेमा सचेतना दिलाउने, मातृ शिशु, सुरक्षित प्रसुति सेवा लगायतमा सेवा सुविधा दिइरहेको छ । लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयका जनस्वास्थ्य अधिकृत अर्जून ढकालले असुरक्षित गर्भपतन बढेको प्रति चिन्ता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो,गर्भपतन गराउँदा महिलाको अनुमती लिनुपर्छ, र मान्यता प्राप्त सुचिकृत स्वास्थ्य संस्थामा जानुपर्छ,यो जानकारी आम नागरिकलाई छैन अनि असुरक्षित गर्भपतन भइरहेको छ ।

लुम्बिनी प्रदेशमा सुरक्षित गर्भपतन गराउने सुचिकृत स्वास्थ्य संस्था एक ७४ वटा रहेका छन् । नेपालको कानूनी मान्यता अनुसार महिलाको मञ्जुरिको आधारमा १२ हप्ता सम्मको गर्भको गर्भपतन गराउन पाउने अधिकार छ । केही विशेष अवस्थाहरु छन् । बिशेसज्ञ डाक्टरको रायसल्लाह लिएर २८ हफ्ता सम्मको गर्भपतन गराउन पाइन्छ ।

दिवाकर पोख्रेल

प्रतिक्रिया दिनुहोस्