दाङ – लमही नगरपालिकाका प्रमुख जोगराज चौधरी र उपप्रमुख लक्ष्मी योगीले इसाई धर्मावलम्बीहरूको महान् पर्व ‘क्रिसमस डे’ को अवसरमा सम्पूर्ण इसाई धर्मावलम्बी नेपाली दिदीबहिनी, दाजुभाइ र नगरबासीहरूमा सुख, शान्ति, सुस्वास्थ्य र दीर्घायुको शुभकामना व्यक्त गर्नुभएको छ ।
प्रमुख चौधरी र उपप्रमुख योगीले आईतबार शुभकामना दिदै जिसस क्राइस्टको जन्मदिनको उपलक्ष्यमा इसाई धर्मालम्बीहरूले हरेक वर्ष डिसेम्बर २५ तारिखमा धार्मिक र सांस्कृतिक उत्सवका रूपमा मनाईने यस पर्वले विविध सांस्कृतिक पहिचान एवं धार्मिक आस्था बोकेका समुदायबीच आपसी सद्भाव, सहिष्णुता र एकताको भावना अभिवृद्धि हुनाका साथै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सहयोग पुग्ने अपेक्षा लिएको उल्लेख गर्नुभएको छ ।
बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक एवं भौगोलिक विविधताले भरिपूर्ण र धर्मनिरपेक्ष राष्ट्र भएको र संविधानले सबै प्रकारका धर्म संंस्कृतिप्रति आस्था राख्न, त्यसको संरक्षण गर्न पाउने अधिकार प्रत्याभूत गरेको तर कसैलाई प्रलोभनमा पारी धर्म परिवर्तन गर्न वा गराउन नहुने उहाँहरुले बताउनुभएको छ ।
विभिन्न धर्म संस्कृति मान्ने सम्पूर्ण नेपालीका बीच आपसी सद्भाव, सामाजिक एकता र भ्रातृत्व कायम हुँदै आएको र यस पर्वले सबै नेपाली जनताको एकता र सहकार्यलाई सुदृढ बनाउने समेत विश्वास लिएका छौं’- भन्दै शुभकामनामा दिनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्