दाङ – लमही नगरपालिका- ९ मा रहेको बगारबाबा धार्मिक पर्यटन विकास समितीको पहिलो बैठक सम्पन्न भएको छ । समितिका अध्यक्ष रविन खत्रीको अध्यक्षतामा बसेको बैठकले माघ १ गते माघे संक्रान्ति मेलालाई व्यवस्थित गर्नका लागि कार्यसमितिका पदाधिकारीलाई जिम्मेवारी बाँडफाँड गरिएको छ ।
माघ १ गते लाग्ने मेलाको र श्रदालु भक्तजनबाट मन्दिरमा चढाईएको दान दक्षिणाहरु, प्रसादको व्यवस्थापन समिति आफैले गर्ने भएको छ
त्यस्तै यातायात पार्किङ व्यवस्थापनको जिम्मेवारी पुष्कर गिरी, मेस व्यवस्थापनको जिम्मेवारी मिना पौडेल, स्वयंसेवक व्यवस्थापनको जिम्मेवारी वीरसिंह विक, श्रद्दालु भक्तजन व्यवस्थापनको जिम्मेवारी खुसिराम यादव, शान्ति सुरक्षा व्यवस्थापनको जिम्मेवारी मानसिंह वली, मेला बैठकी संकलन गर्ने जिम्मेवारी अमृता शर्मा, मन्दिर व्यवस्थापन र सरसफाइको जिम्मेवारी हिरा चौधरीलाई दिइएको छ ।
त्यस्तै मेला लाग्ने रिहार चौर र वरपर उज्यालो गराउनका लागि आवश्यकता अनुशार विद्युतको मिटर समेत जडान गरिने भएको छ भने मन्दिर वरिपरी र मन्दिर भित्र सिसि क्यामेरा जडान गरिने भएको छ । त्यस्तै मेलालाई भव्य र सभ्य तौरले सम्पन्न गर्नमा स्वयंसेवकको भूमिका अहम हुने भएकोले सैयौं युवालाई स्वयंसेवकमा खटाइने पनि अध्यक्ष खत्रीले जानकारी दिनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्