मकै र गहुँ बालीमा फौजी किराको प्रकोप (फोटो सहित)

प्रिया स्मृती गजमेर
प्रिया स्मृती गजमेर १२ पुष २०७९, मंगलवार
3 Min Read
Aa

दाङ – लमही नगरपालिका –४ गुर्जेहवाका कृषक जगमोहन चौधरीले दुई बिगाह क्षेत्रफल जमिनमा गहुँ खेती गर्नु भएको छ । पोहोर जस्तै यो वर्ष पनि मनग्य उब्जनी गराउने योजना बुन्नु भएका कृषक चौधरीको योजना त्यति बेला विफल भयो जब गहुँ बालीमा फौजी किराले आक्रमण गर्यो ।

दुई दिन अघि मात्र फौजी किरा गहुँ बालीमा बसेको देखियो तेस्रो दिन त्यहाँ सबै सखाप पारेको छ, खोज्दा कतै भेटिन्न, ’रातभरि खाने दिउँसो भएपछी माटो मुनि गएर बस्दो रहेछ’– चौधरीले भन्नु भयो । यो पटक मल, बिउ, पानी लगायत आफ्नो मेहनत पनि उठाउन मुस्किल भएको उहाँले बताउनु भयो ।

कृषक चौधरी र मगर जस्ता सैयौं कृषकको मकै र गहुँ बाली फौजी किराले क्षति गर्न थालेपछि यहाँका किसान चिन्तित बन्न थालेका छन् । गत मङ्सिर महिनामा परेको अविरल झरीले धान खेती राम्रो संग भित्र्याउन नपाएका किसानलाई फेरी पनि गहुँ बाली भित्र्याउन नपाइने चिन्ता बढेर गएको राप्ती गाउँपालिका–३ का कृषक सोमप्रकाश चौधरीको दुखेसो छ । हरेक सिजनमा किसानले विपतसंग सामाना गर्ने परेको हुन्छ’– चौधरी भन्नु हुन्छ ।

त्यस्तै लमही नगरपालिका –३ टिकुलीगढका अर्का कृषक पृथ्वी बुढा मगरले १८ कट्ठामा लगाएको गहुँ पनि फौजी किराले पूर्णरुपमा नोक्सान गरेको छ । वस्तुभाउले खाएको जस्तो बनाएको छ, केहि दिन त् म अलमलमा परे केले खाएछ यसरी भनेर, वरपर छिमेकीको पनि त्यस्तै देखे पछि बल्ल थाह पाए फौजी किराले खाएको भनेर’– कृषक मगरले भन्नु भयो ।

अहिले तत्कालका लागि फौजी किराको प्रकोप नियन्त्रण गर्न लमही नगरपालिकाले किटनासक औषधि वितरण गरेको छ । ५ ग्राम कीटनासक औषधिलाई १६ लिटर पानीमा मिसाएर गहुँ, मकैमा छिट्न किसनलाई सल्लाह दिएको लमही नगरपालिका कृषि शाखाका प्राविधिक सन्तोष खड्काले जानकारी दिनु भयो ।

दाङ देउखुरी क्षेत्रमा किसानले हजारौं बिगाह जमिनमा लगाएको मकै र गहुँ बालीमा फौजी किराले पूर्णरुपमा क्षति पुर्याएको लमही नगरपालिकाका नगरप्रमुख जोगराज चौधरीले बताउनु भयो । फौजी कीरालाई नियन्त्रण गर्नका लागि स्थानीय सरकारले विभिन्न प्रयासहरु गर्दै आएको नगर प्रमुख चौधरीको भनाई छ ।

सबै वडा कार्यालयमा फौजी किरा नियन्त्रण गर्ने किटनासक औषधि पठाएका छौं, कुनै पनि किसान नछुटून, कसैले औषधि पाएनौ भनेर गुनासो नगर्ने तरिकाले काम गर्न कृषि शाखालाई निर्देशन दिएको लमही नगरपालिकाका उपप्रमुख लक्ष्मी योगीले भन्नु भयो । स्थलगत अनुगमन गर्नुस, किसानको के कति क्षति भएको छ त्यो सबै विवरण नगरपालिकामा ल्याएर आउनुस भनेकी छु’– उपप्रमुख योगीले भन्नु भयो ।

किसानका खेतमा पुगेर हेर्दा फौजी किराको प्रकोप भयाबह अवस्थामा पुगी सकेको देखियो, अब यो कीरालाई नियन्त्रण कसरी गर्न सकिन्छ भनेर हाम्रो कृषि शाखाले योजना बनाई रहेको छ’– लमही नगरपालिकाको कृषि शाखाका गंगा चौधरीले बताउनु भयो ।

No description available.

No description available.

No description available.

No description available.

No description available.

 

प्रिया स्मृती गजमेर

प्रतिक्रिया दिनुहोस्