दाङ – लुम्बिनी प्रदेशका सांसद अनुराग खड्काले शैक्षिक क्षेत्रमा छोटै समयमा गोरखा स्कुलले राम्रो नतिजा लिन सफल भएको बताउनु भयो । गोरखा मोडेल सेकेण्डरी स्कुलले आयोजना गरेको ५ औं वार्षिक उत्सवलाई सम्बोधन गर्दै सांसद खड्काले दाङकै नमुना विद्यालय बनेर रेकर्ड कायम राख्ने तर्फ विद्यालय परिवार लाग्नु पर्ने बताउनु भयो । सो अवशरमा विद्यालयमा प्राविधिक धारका ज्ञानलाई प्राथमिकता दिन समेत आग्रह गर्नु भएको छ ।
त्यस्तै लमही नगरपालिकाका प्रमुख जोगराज चौधरीले नयाँ नयाँ प्रविधि तर्फ विद्यार्थीलाई आकर्षित गर्ने खालको शिक्षा आजको आवश्यकता भएको बताउनु भयो । गोरखा मोडेल सेकेण्डरी स्कुल लमहीको ५ औं वार्षिक उत्सवका अवशरमा आयोजित कार्यक्रममा बोल्दै नगर प्रमुख चौधरीले दक्ष जनशक्ति उत्पादनका लागि गुणस्तरीय शिक्षा प्रदान गर्दै जानु पर्ने बताउनु भयो ।
त्यस्तै लमही नगरपालिकाका उपप्रमुख लक्ष्मी योगीले शिक्षक विद्यार्थी र अभिभावकको संयोजन भए मात्र बालबालिकाले राम्रो शिक्षा पाउने बताउनु भयो । निजि विद्यालयको शैक्षिक गुणस्तरका लागि लमही नगरपालिका हमेसा सकारात्मक भएको उहाँको भनाई छ ।
वार्षिक उत्सवका अवशरमा कक्षा कक्षा ९ सम्म प्रथम, द्वितीय र तृतीय, कक्षा ‘ए’ प्लस ल्याउने चार जना, कक्षा १२ मा विज्ञान र व्यवस्थापन संकाय, कक्षा १२ बाट उतिर्ण भइ एमविविएस र ईञ्जिनिएरमा पूर्ण छात्रावृत्तिमा नाम निकाल्न सफल भएका विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो।
गोरखा मोडेल सेकेण्डरी स्कुल लमहीका प्रधानाध्यापक लोकमान रिजालले हाल सम्म विद्यालयले गरेको शैक्षिक उपलब्धि र आगामी योजनाको बारेमा शैक्षिक प्रगति प्रस्तुत गर्नु भएको थियो । गोरखा ग्रुपका अध्यक्ष तथा गोरखा मोडेल सेकेण्डरी स्कुल लमहीका विद्यालय संचालक समितिका अध्यक्ष मान वहादुर बुढाको अध्यक्षता, लमही नगरपालिकाका प्रमुख जोगराज चौधरीको प्रमुख आतिथ्यता, लुम्बिनी प्रदेशका सांसद अनुराग खड्काको विशिष्ट आतिथ्यतामा सम्पन्न भएको थियो ।
कार्यक्रममा स्वागत विद्यालय संचालक समितिका उपाध्यक्ष डोर वहादुर केसीले गर्नु भएको थियो भने कार्यक्रमको सहजीकरण शिक्षक प्रकाश ओली र शिक्षिका शिला रिजालले गर्नु भएको थियो । सो अवशरमा गोरखा मोडेल सेकेण्डरी स्कुलमा अध्ययनरत विद्यार्थीहरुले विज्ञान तथा कला प्रदर्शनी गरेका थिए,भने विभिन्न नृत्य पनि प्रस्तुत गरिएको थियो ।






प्रतिक्रिया दिनुहोस्