काठमाण्डौ – प्रहरी उपरीक्षक विश्वराज खड्का जिल्ला प्रहरी कार्यालय धनुषाको प्रहरी प्रमुख भएर त्यहाँ पुगेको छोटो समयमा विभिन्न अपराधिक गतिविधिमा कमि आएको छ । खड्काले धनुषा प्रहरी प्रमुखको कमाण्ड सम्हालेर त्यहाँ पुगेपछि शान्ति सुरक्षामा पनि केहि परिवर्तन आएको छ ।
प्रहरी उपरीक्षक खड्का प्रहरी प्रमुख भएर धनुषा पुगेको केहि दिनमै गोली हानी हत्या गर्ने पक्राउ, लागु औषध सहित मानिस पक्राउ, अवैध भन्सार चोरी निकासीका सामान बरामद, विभिन्न मुद्दामा संलग्न रहेका तीन जना प्रतिवादी पक्राउ गर्ने जस्ता महत्वपुर्ण कार्य भएका छन ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहँदा प्रहरी उपरीक्षक खड्का उत्कृष्ट कार्य गरेको भन्दै पुरस्कार सहित सम्मान भइ विदाई हुनु भएको थियो । त्यस्तै धनुषाको प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेर त्यहाँ पुगेको भोलि पल्ट बलात्कार गरि आफ्नै काकीको हत्या गरि फरार भएका अपराधी पक्राउ गर्न सफल हुनु भएको छ ।
जिल्लामा रहेका अवैध क्रसर र बालुवा प्रशोधन केन्द्रहरु बन्द गराएको, चोरी तस्करी गर्ने गुण्डाहरुको भागाभाग भएको छ । त्यस्तै जिल्लाको ट्राफिक व्यवस्थापनमा सहजता ल्याउने कार्य भैरहेको छ ।
कानून रक्षाको सवालमा कडा स्वभावका प्रहरी उपरीक्षक खड्का त्यहाँ पुगेपछि विभिन्न आपराधिक गतिविधिमा संलग्न रहेका समुहहरु डरले रुझेका बिराला जस्तै बनेका जिल्ला धनुषा नगराईन नगरपालिका – ४ का रामसरोज यादवले बताउनु भयो । काठमाण्डौ बाट सरुवा भएर धनुषा आउनु भएको ‘एसपी साप’ बडो कडा हुनुहुँदो रैछ, दादागिरी गर्ने, अर्काको चेलीबेटी माथि आँखा लगाउने, चोरी गर्ने, लुटपाट गर्नेहरुको साटो गएको छ’- यादवले भन्नु भयो ।
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय काठमाण्डौमा कार्यरत रहनु भएका खड्का यहि पुस ४ गते जिल्ला प्रहरी कार्यालय धनुषामा काज सरुवा भई भएको थियो । यस अघि खड्काले नेपालका धेरै जिल्लामा प्रहरी प्रमुख भएर सफलता पुर्वक जिम्मेवारी बहन गरि सक्नु भएको छ ।
प्रहरी उपरीक्षक खड्का भन्नु हुन्छ’ – म रहंदा सम्म जिल्लामा शान्ति सुरक्षा कायम राख्ने कुरामा कुनै कसर बाँकी राख्ने छैन, तर यसका लागि जिल्लामा रहेका राजनीतिक दल, समाजसेवी, बुद्दिजिवि, पत्रकार, संगठन भित्रकै साथीहरुले पनि सकारात्मक भूमिका खेल्न जरुरी छ । कानून विपरित कोहि कसैले काम गरेको थाह पाउना वितिक्कै जिल्ला प्रहरी कार्यालय धनुषामा जानकारी गराउनुस म ठाउँका ठाउँ कारवाही गर्ने छु’- प्रहरी उपरीक्षक खड्काले भन्नु भयो ।






प्रतिक्रिया दिनुहोस्