दाङ – देउखुरीकाे लमहीमा जारी छैठौँ देउखुरी कृषि, पर्यटन तथा व्यापारीक महोत्सवको आज शनिबार दशाैँ दिन आज झन्डै दश हजार दर्शकहरुले मेलाको अवलोकन गरेका छन् ।
नेपाली लोक दोहोरी क्षेत्रका चर्चित लाेकदाेहाेरी गायक बद्री पंगेनी आउने भएपछी र आज शनिबार भएकोले महोत्सवमा दर्शकहरुको अत्याधिक भिड रहेको देउखुरी उद्योग वाणिज्य संघ लमहीका अध्यक्ष खगेश्वर खनालले जानकारी दिनु भयो ।
अबेर गरि स्टेजमा उक्लेका गायक पंगेनीले एक दर्जन गीत गाएका थिए । उहाको गीत सुनेर दर्शकहरुका आँखा रसाएका थिए ।
त्यस्तै चर्चित मोडेल तथा डान्सर करिष्मा ढकाल, मोडेल विजय पुन, डान्सर सरिता दानकुटी, अस्मिता पुरी, दीपक वर्मा, अनुप बुढा मगरको पनि प्रस्तुति रहेको थियो। महोत्सवको उद्घोषणमा कुशल कार्यक्रम संचालिका मंजु पौडेल हुनुहुन्छ ।
“कृषि पर्यटन उद्योग र व्यापार, देश समृद्धिको बलियो आधार” भन्ने मुल नाराका साथ अजम्बरी सामुदायिक वनको पिकनिक स्थल (बिबिधता पार्क) मा देउखुरी उद्योग वाणिज्य संघ लमहीले महोत्सवको आयोजना गरेको छ ।
भोलि माघ २२ गते चर्चित गायिका प्रीति आले, कृष्ण रेउले, विजय पुन लगायतले प्रस्तुति रहने छ । महोत्सवमा अवलोकन गर्ने दर्शकहरु पनि बढ्न थालेका छन् । सुरुवाती केही दिनहरुमा दर्शकहरूको कम उपस्थिति भएपनि महोत्सव सकिने मिति नजिकिदै गर्दा अवलोकन गर्नेको सख्या बढ्न थालेको छ ।

प्रतिक्रिया दिनुहोस्