यूएईलाई हराउँदै नेपाल विश्वकप छनोटमा

दाङ समाचार
दाङ समाचार २ चैत्र २०७९, बिहीबार
1 Min Read
Aa

काठमाडौँ – आईसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गत त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा नेपालले युएईविरुद्धको खेल जितेर विश्वकप छनोटमा पुगेको छ । मौसम बदलीका कारण डीएलएस मेथडमा नेपाल युएई भन्दा अगाडि भएपछि खेल जितेको हो ।

यससँगै नेपाल जिम्बाबेमा हुने विश्वकप क्वालिफायरका लागि छनोट भएको छ । दुई सय ११ रनको कीर्तिमानी लक्ष्य पछ्याएको नेपालले ६ विकेटको क्षतिमा २६९ बनाएको थियो ।

खराब मौसमका कारण अम्पायरहरूले खेल रोक्ने निर्णय गरेका थिए । नेपाल डीएल मेथडका आधारमा ९ रनले अगाडि भएको हो ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्