राम नवमी मेलामा भएको दुर्घटनामा ३५ जनाको मृत्यु

दाङ समाचार
दाङ समाचार १७ चैत्र २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाडौं – भारतको इन्दौरमा राम नवमी मेलामा भएको दुर्घटनामा मृत्यु हुने ३५ जना पुगेका छन् । मन्दिरको इनार ढाकेको ढक्कन भत्किँदा उनीहरु इनारमा खसेका थिए ।

बिहीबार भएको यो दुर्घटनामा परेकामध्ये आज शुक्रबार बिहानसम्ममा ३५ जनाको शव निकालिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । अझै १ जना हराइरहेका छन् । १८ जनालाई भने जिवितै उद्धार गरिएको हो ।

भारतीय प्रधानमन्त्र नरेन्द्र मोदीले घटनाप्रति दुख व्यक्त गरेका छन् । भारतले सरकारले मृतकका आफन्तलाई २ लाख रुपैयाँ राहत दिने घोषणा पनि गरेको छ ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्