दाङमा खोलाले बगाउँदा एक जना वृद्धा बेपत्ता

दाङ समाचार
दाङ समाचार २८ श्रावण २०८०, आईतवार
1 Min Read
Aa

दाङ – खोलाले बगाउँदा दाङमा एक जना वृद्ध बेपत्ता भएका छन् । बेपत्ता हुनेमा घोराही उपमहानगरपालिका-११ स्थित झमरेका ६४ वर्षीय तिलकराम विक रहेका छन। उनलाई घोराही बेलझुण्डी नजिकैको पत्रे खोलाले बगाएको हो।

खोला किनारामा गएको बेला खोलाले बगाएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक राजनकुमार गौतमले जानकारी दिए । अरु दिन झैं दिसा गर्न खोला किनारामा गएका विक अबेरसम्म पनि नफर्किएपछि परिवारका सदस्य खोजी गर्दै खोलासम्म पुगेका थिए ।

सो क्रममा खोला किनारामा उनको छाता, चश्मा र लठ्ठी फेला परेको थियो । उनको खोजी कार्य भइरहेको प्रहरीले बताएको छ ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्