गढवामा तीज मिलन कार्यक्रम सम्पन्न, भड्किलो नगरी मनाउन सबैलाई आग्रह

दुखहरण यादव
दुखहरण यादव १४ भाद्र २०८१, शुक्रबार
2 Min Read
Aa

दाङ – दक्षिण देउखुरी अधिकार मन्च गढवा अन्तर्गत गठित दियालो मुल समितिको गढवा ६ र ७ को आयोजनामा संस्कृति सभ्यताको जननि भन्ने मुल नाराको साथ तीज मिलन तथा दर कार्यक्रम बिहिबार गढवाको मनिकापुरमा सम्पन्न भएको छ ।

दियालो मुल समितिका अध्यक्ष चित्र बहादुर खड्काको अध्यक्षता ,गढवा गाउँपालिकाकि उपाध्यक्ष शरदा चौधरीको प्रमुख आतिथ्यतामा भएको तीज मिलन कार्यक्रममा बोल्ने बक्ताहरुले तीजलाइ आधुनिकताको नाममा भड्किलो नभएर सभ्य बनाउनु पर्ने कुरामा जोड दिनु भएको थियो ।

कार्यक्रममा शुभकामना दिंदै गढवा गाउँपालिकाकी उपाध्यक्ष तथा प्रमुख अतिथि शारदा चौधरीले मौलिक रुपमा मनाइदै आएको तीज गित तथा दर खाने चलनलाई मौलिकताकै रुपमा मनाएमा मात्र संस्कृति कायम हुन सक्ने बताउदै आधुनिकताको नाममा भड्किलो गरेर तीज नमनाउन सबैलाई अनुरोध गर्नु भएको थियो ।

कार्यक्रममा घुम्तिकोष बापतको २०/२० हजारको दरले गढवा गाउपालिका वडा न ६ हरियाली महिला समुहकी सिटुल कुमाल, प्रगति समुह जमुनीबासकी कल्पना बुढा, उपकार समुह कक्रहवाकी नितु केसी, सयपत्री समुह मनिकापुरकी रुपा गिरीलई प्रदान गरिएको थियो। त्यसै गरी तिज मिलन कार्यक्रमको अवसरमा आमा र बच्चाको स्वास्थ्य सुधारको लागि सुत्केरी तथा गर्भवती आमालाइ एक क्यारेट अन्डा र आधा किलो हर्लिक्स सहित पोषण किट वितरण गरिएको थियो ।

कार्यक्रममा गढवा गाउँपालिका – ६ का वडा अध्यक्ष वीर बहादुर आले, इलाका प्रहरी कार्यालय गढवाका प्रमुख कालिका कार्की, वडा नं ७ का सदस्य रेखा थापा, कमला परियार, गौशला ब्यबस्थापन समिति गढवाका जित बहादुर आले, पत्रकार शिवराज पन्थी दुख हरण यादव, दक्षिण देउखुरी अधिकार मन्चकी पुजा चौधरी ,निर्मला खड्का लगायतको सहभागिता रहेको थियो ।

दक्षिण देउखुरी अधिकार मन्चका अध्यक्ष देव राज कुंवरको विषय प्रबेशबाट शुरु भएको कार्यक्रमको सन्चालन कमला विष्ट सुवेदीले गर्नु भएको थियो ।

दुखहरण यादव

प्रतिक्रिया दिनुहोस्