देउखुरी बैंकर्सको आयोजनामा भएको दोस्रो कर्पोरेट सुपर -सिक्स क्रिकेट खेल सकियो, दीपशिखा स्कुल प्रथम

प्रिया स्मृती गजमेर
प्रिया स्मृती गजमेर ४ कार्तिक २०८१, आईतवार
3 Min Read
Aa

दाङ – देउखुरी बैंकर्सको आयोजनामा यहि भदौको १७ गतेदेखि शुरु भएको दोस्रो कर्पोरेट सुपर -सिक्स क्रिकेट खेल हिज कार्तिक ३ गते सम्पन्न भएको छ । हिज सम्पन्न भएको खेलमा दीपशिखा स्कुल प्रथम भएको छ । खेलमा उत्कृष्ट ब्याट्स म्यानकाे उपाधि कुमारी बैंकका सरोज बस्नेतले सात विकेट लिई जित्न सफल भएका थिए भने उत्कृष्ट बलर कुमारी बैंकका मनमोहन सिंह वलीले सात विकेट लिन सफल भएका थिए । साथै उत्कृष्ट म्यान अफ द सिरिजको उपाधि ८६ रन ५ विकेट लिएका दीपशिखा बोर्डिङ स्कुलका उत्तम ज्ञवालीले जित्न सफल भएका थिए ।

प्रतियोगिताको अन्तिम खेल समय अभावको कारण सोहि समयमा फाइनल खेल खेल्न नसकिएको देउखुरी बैंकर्सका अध्यक्ष तेज बहादुर नेपालीले जानकारी दिनु भयो ।

सेमिफाइनल र फाइनल खेलमा सेमीफाइनल तर्फको पहिलो खेलमा कुमारी बैंकले ग्लोबल आइएमइ बैंकलाई हराउँदै फाइनल राउण्डमा प्रवेश गरेको थियो भने दोस्रो चरणको सेमिफाइनल खेल दीपशिखा बोर्डिङ स्कुल घोराही दाङ र ग्लोबल आईएमई बैंक बीच भएको खेलमा दीपशिखा बोर्डिङ स्कुल घोराही दाङले ग्लाेबल ग्लोबल आईएमई बैंकलाई हराउँदै फाइनल राउण्डमा प्रवेश गरेको थियो।

त्यसैगरी फाइनल राउन्डको खेलमा दीपशिखा बोर्डिङ स्कुल घाेराही दाङ र कुमारी बैंक बीच भएको थियो उक्त खेलमा दीपशिखा बोर्डिङ स्कुल घोराही दाङले कुमारी बैंकलाई हराउँदै आर्थिक वर्ष ८१/०८२ काे विजेता हुन सफल भएको थियो भने कुमारी बैंक उप विजेता भएको थियो।

साथै फाइनल खेल हुनुभन्दा अगाडी नेपाल प्रहरीसँग देउखुरी बैंकर्सका शाखा प्रबन्धकहरूकाे समूहसँग मैत्रीपूर्ण खेल सम्पन्न गरिएकाे थियो उक्त खेलमा नेपाल प्रहरीको समूहले शाखा प्रबन्धकहरूको समूहलाई हराउँदै विजेता भएको थियो । सम्पुर्ण बिजेता टिमलाईलाई देउखुरी बैकर्सले हार्दिक बधाई ज्ञापन गरेको छ ।

कार्यक्रम भब्य ,सभ्य र सफल बनाउनकाे लागि आर्थिक रूपमा सहयोग गर्ने सहयोगी दाताहरु, सहभागी टिमहरु, सल्लाहकार / शाखा प्रमुखहरु, प्राविधिक सहयोग गर्ने देउखुरी वारियर्स, अतिथिगण, संस्थापक सदस्यहरु र अघिल्ला कार्य समितिहरु, पत्रकार लगायत कार्यक्रममा उपस्थित सम्पुर्णमा यस देउखुरी बैंकर्स तर्फबाट हार्दिक आभारका साथै धन्यवाद व्यक्त गरेकाे कुरा देउखुरी बैकर्सका अध्यक्ष नेपालीले जानकारी दिनुभएकाे छ।

उक्त कार्यक्रमकाे तेज बहादुर नेपालीकाे सभापतित्व लमही नगरपालिकाका नगर प्रमुख जोगराज चाैधरीकाे प्रमुख अतिथि र देउखुरी उद्योग वाणिज्य संघ लमहीका अध्यक्ष कमलजंग सिंह ठकुरीको विशिष्ट अतिथ्यमा भएको कार्यक्रममा रोटरी क्लब अफ लमहीका अध्यक्ष प्रमोद गौतम, लमही जेसिसका अध्यक्ष मुकेश चौधरी, रेडियो हाइवेका निमित्त प्रवन्ध निर्देशक लिला शाह, दाङ समाचारका प्रिया स्मृती गजमेरकाे उपस्थिति रहेको थियो।

साथै उक्त कार्यक्रममा विजेता हुने टिमलाई नगद २५ हजार ट्रफी र मेडल साथै उप विजेता हुने टिमलाई नगद १५ हजार र ट्रफी अनि मेडल बितरण गरिएकाे थियाे । फाइनल खेलभन्दा अगाडि भएको मैत्रीपूर्ण खेलमा विजेता भएको टिमलाई मायाको चिनो तथा ट्रफी प्रदान गरिएको थियो। साथै सम्पूर्ण सहयोगी दाताहरूलाई, बैंक तथा बोर्डिङ स्कुलबाट उक्त कार्यक्रममा सहभागी हुने सम्पूर्ण टिमहरू,लगायत विशिष्ट अतिथि र अतिथिलाई पनि मायाको चिनो प्रदान गरिएको थियो।

उक्त कार्यक्रम देउखुरी बैंकर्सका कोषाध्यक्ष सरोज बस्नेतकाे स्वागत मन्तव्यबाट शुरू भएकाे थियाे भने कार्यक्रमको सहजीकरण सचिव देवबहादुर खड्काले गर्नुभएको थियो।

प्रिया स्मृती गजमेर

प्रतिक्रिया दिनुहोस्