ठोरीको विद्यालयमा चोरी गरेको आरोपमा युवक पक्राउ

दाङ समाचार
दाङ समाचार २३ जेष्ठ २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौं –  पर्साको ठोरी गाउँपालिका– ५ स्थित नेपाल राष्ट्रिय प्राथमिक विद्यालयमा चोरी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

ठोरी–५ छिरिङलाईन बस्ने २० वर्षीय बिटु प्रसाद यादव पक्राउ परेका हुन् । स्कुलबाट चोरी गरिएको ल्यापटप, चार्जर, माउस, रड, फुटाएको ताल्चा सहित उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालले जानकारी दिए ।

उनलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा राखिएको छ । जेठ २१ गते राति विद्यालयमा चोरी भएको थियो । चोरी गरेको ल्यापटप भारतीय नाका भिस्वामा बिक्री गर्दै गरेको अवस्थामा उनलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ ।

उनले विद्यालयका प्रधानाध्यापकलाई ज्यान मार्ने धम्की समेत दिएका थिए । पानी तान्ने मोटर र धाराहरु तोडफोड भएको विद्यालयले जनाएको छ ।

पर्साकै श्री माध्यमिक विद्यालयको ६ वटा कोठाको ताला फुटाएर केही उछृंखल व्यक्तिहरुले विज्ञान प्रयोगशालाको समानहरु फुटाएको, कुर्सीहरु भाँचेको र कागजातहरु च्यातेर फालेको पाइएको छ ।

प्रतिक्रिया दिनुहोस्