दाङ – नेकपा एमालेले लुम्बिनी प्रदेशका चार मन्त्रीको नाम टुंगो लगाएको छ । केन्द्र जस्तै प्रदेश सरकारमा पनि दलित समुदायको कुनै नेता मन्त्री बन्ने संकेत देखिएको छैन ।
मुख्यमन्त्री चेतनारायण आचार्यले भोलि बुधबार पद तथा गोपनीयताको सपथ लिने छन् । एमाले संसदीय दलका नेता लीला गिरीलाई रोकेर सांसद आचार्य सोमबार मुख्यमन्त्री नियुक्त भएका थिए ।
सपथसँगै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी छ । एमालेबाट भोलि भूमिश्वर ढकाल, दिनेश पन्थी, खेमबहादुर सारु मगर र सीता चौधरीले भोलि मन्त्रीको शपथ लिनेछन् ।
लुम्बिनी प्रदेशमा नेकपा एमालेका सांंसद दुई जना छन । बाँकेकी इन्द्रा गहतराज र दाङकी रेखा शर्मा ।
एमाले प्रमुख सचेतक तुलसी चौधरीले भने, ‘कांग्रेससँग छलफल भइरहेकाले मन्त्रालय टुंगिएको छैन ।’

प्रतिक्रिया दिनुहोस्