भाजपाको निम्तोमा प्रचण्ड शुक्रबार भारत जाँदै

दाङ समाचार
दाङ समाचार ३० असार २०७९, बिहीबार
1 Min Read
Aa

काठमाडौं – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्ड भारत भ्रमण जाने भएका छन् ।

सत्तारुढ दल भारती जनता पार्टीको निम्तोमा प्रचण्ड शुक्रबार दिल्ली जान लागेको उनको सचिवालयले जनाएको छ ।

उनको औपचारिक कार्यक्रमका बारेमा भने कुनै जानकारी दिइएको छैन । तर, भ्रमणका क्रममा उनले उच्चस्तरीय भेटवार्ता गर्नेछन् । स्रोतका अनुसार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लगायतका नेताहरूसँग भेट गर्नेछन् ।

अहिले सत्तारुढ दल नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणा पनि भारत भ्रमणमै रहेकी छन् ।

प्रतिक्रिया दिनुहोस्