देउखुरीमै उत्कृष्ट लमहीको गोरखा मोडेल स्कुल

प्रिया स्मृती गजमेर
प्रिया स्मृती गजमेर १२ श्रावण २०७९, बिहीबार
1 Min Read
Aa

दाङ – यस वर्षको माध्यमिक शिक्षा परीक्षा एसईईमा लमहीमा रहेको गोरखा स्कुल लमहीले उत्कृष्ट नतिजा ल्याउन सफल भएको छ । विद्यालयले उक्त नतिजा देउखुरी उपत्यकाकै सर्वोत्कृष्ट भएको दावी गरेको छ ।

सो विद्यालयमा अध्ययनरत अशिम शर्माले ३.७५, बिशाल अधिकारीले ३.६५, निरज शर्माले ३.६५ र राजन भण्डारीले ३.६५ अंक लिएको विद्यालयका प्रधानाध्यापक लोकमान रिजालले दाङ समाचारलाई जानकारी दिए ।

त्यस्तै १० जनाले ए ग्रेड, ३१ जनाले वि प्लस, ४२ जनाले वि ग्रेड, २६ जनाले सी प्लस र ५ जनाले सी ग्रेड लिन सफल भएको प्रधानाध्यापक रिजालले बताए ।

त्यस्तै रोजी बड्स बाल वाटिका माध्यामिक विद्यालयमा अध्ययनरत १ जनाले ए प्लस, ज्योतिष्मती विद्यापिठ बाट २ जनाले ए प्लस, गढवाको बुद्दज्योतीबाट १ जना र पब्लिक एकेडमीबाट १ जनाले ए प्लस लिएका छन ।

प्रतिक्रिया दिनुहोस्