ज्योतिपुन्ज एजुकेशनल ग्रुप र मार्क इन्टरनेशनल कलेजद्वारा लाखौँ रुपैयाँ आर्थिक सहयोग

दाङ समाचार
दाङ समाचार १७ भाद्र २०८३, बुधबार
2 Min Read
Aa

दाङ – बाढीपहिरोबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि दाङमा सञ्चालित ज्योतिपुन्ज एजुकेशनल ग्रुप अन्तर्गतका दुई विद्यालयले ३ लाख रुपैयाँभन्दा बढी आर्थिक सहयोग गरेका छन । ज्योतिपुन्ज एजुकेशनल ग्रुप अन्तर्गतका ज्योतिपुन्ज आवासीय माध्यमिक विद्यालय घोराही र ज्योतिपुन्ज मोडेल इङ्लिश स्कुल रामपुरका शिक्षक तथा कर्मचारी, विद्यार्थी र दुवै विद्यालयले ३ लाख ३ हजार ३ सय ३३ रुपैया रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गरिएको हो ।

सहयोग रकममध्ये ज्योतिपुन्ज आवासीय माध्यमिक विद्यालय घोराही-१५ भरतपुरका शिक्षक तथा कर्मचारी, विद्यार्थी र विद्यालयका तर्फबाट २ लाख १२ हजार ३ सय ३३ रुपैया र ज्योतिपुन्ज मोडेल इङ्लिस स्कुल घोराही- २ रामपुरका शिक्षक तथा कर्मचारी र विद्यालयका तर्फबाट ९१ हजार गरि कुल ३ लाख ३ हजार ३ सय ३३ रुपैया आज सहयोग गरिएको ज्योतिपुन्ज एजुकेशनल ग्रुपका प्रवन्ध निर्देशक बालचन्द्र शर्माले जानकारी दिनुभएको छ । ग्रुपका तर्फबाट उक्त रकम आज प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गरिएको प्रवन्ध निर्देशक शर्माले जानकारी दिनुभयो ।

त्यस्तै बाढीपहिरोबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि दाङमा सञ्चालित मार्क इन्टरनेशनल कलेजले डेढ लाख भन्दा बढी रुपैयाँ सहयोग गरेको छ । घोराहीमा रहेको मार्क इन्टरनेशनल कलेजले प्राध्यापकहरु र कलेजका तर्फबाट १ लाख ५३ हजार ११ रुपैया रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गरिएको हो ।

सहयोग रकममध्ये मार्क इन्टरनेशनल कलेजका प्राध्यापकहरुबाट १ लाख ३ हजार ११ रुपैया र कलेजका तर्फबाट ५० हजार रुपैया गरि १ लाख ५३ हजार ११ रुपैया सहयोग गरिएको मार्क इन्टरनेशनल कलेजका प्रमुख लालमणी बसेलले जानकारी दिनुभएको छ । कलेजका तर्फबाट उक्त रकम आजप्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गरिएको कलेज प्रमुख बसेलले जानकारी जानकारी दिनुभयो ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्