कृषक दिवसमा हाईब्रिड मकैको बीउ उत्पादन खेतीको अवलोकन

प्रिया स्मृती गजमेर
प्रिया स्मृती गजमेर ९ भाद्र २०७९, बिहीबार
1 Min Read
Aa

दाङ – लमही नगरपालिका–८ सतबरियामा गरिएको मकैको बीउ उत्पादनको स्थलगत अवलोकन गरिएको छ ।

नेपाल सरकारका उच्चपदस्त अधिकारी सहित कृषक, व्यवसायी, जनप्रतिनिधि लगायतको सहभागीतामा स्वदेशी मकै वर्णशंकर रामपुर–१० को बीउ खेती भएको क्षेत्रको अवलोकन गरिएको हो ।

सतबरिया कृषि सहकारी संस्थामा आवद्ध किसानले करिब ९ विगाहमा मकैको बीउ उत्पादन गर्दै आएका छन् । पछिल्लो पटक दश टन मकैको बीउ उत्पादन भएके छ ।

लमही नगरपालिकाका प्रमुख जोगराज चौधरीको अध्यक्षता तथा नेपाल बीउबीजन तथा गुणस्तर नियन्त्रण केन्द्रका प्रमुख वेनुप्रसाद प्रसाईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा भविस्यमा पर्न सक्ने खाद्य संकटबाट छुटकारा पाउन व्यवसायीक उत्पादनमा जोड दिइएको छ ।

कार्यक्रममा नेपाल मकै अनुसन्धान कार्यक्रमका प्रमुख डाक्टर चित्रबहादुर गुरुङ, नेपाल बीउ तथा मल परियोजनाका प्रमुख हरिकुमार श्रेष्ठ, सतबरिया कृषि सहकारी संस्थाका अध्यक्ष देवमणी चौधरी लगायतले मन्तब्य ब्यक्त गरेका थिए ।

कृषक दिवसको आयोजना प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई दाङ, गोर्खा सिड एण्ड एग्रो ट्रेडर्स प्राली, नेपाल बीउ तथा मल परियोजना, सतबरिया कृषि सहकारी संस्थाले संयुक्त रुपमा गरेका हुन ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई दाङका प्रमुख महेश रेग्मीको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन बिष्णु मरहठ्ठाले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्