शिक्षाको जरो तितो फल मीठो हुन्छ- नगर प्रमुख चौधरी

प्रिया स्मृती गजमेर
प्रिया स्मृती गजमेर १० भाद्र २०७९, शुक्रबार
2 Min Read
Aa

दाङ – लमही नगरपालिकाका नगर प्रमुख जोगराज चौधरीले शिक्षाको जरो तितो र फल मीठो हुने बताए । लमही स्थित रोजी बड्स बालबाटिका विद्यालयले आयोजना गरेको तीज बिशेष कार्यक्रमलाई सम्बोधन गर्दै सो कुरा बताए । साथै चाडबाडलाई समाजमा सकारात्मक संदेश पुग्ने गरि मनाउन पनि सबैमा आग्रह गरे ।

नगर प्रमुख चौधरीले आफ्नो बाल्यकालको बिगत स्मरण गर्दै अबका बालबालिकाले सुविधा सम्पन्न विद्यालयमा पढ्न पाउनु सौभाग्य भएको बताए । आफ्नो पालामा उच्च शिक्षा प्राप्तका लागि छिमेकी देश भारतमा पुग्नु परेको सुनाए ।

आफ्ना बाबुआमाले हरेक दु:ख कष्ट सहेर आर्जन गरेर पढाई लेखाइ गराउन लागेको सपनालाई साकार पार्न विद्यार्थीलाई आग्रह गरे ।

लमही नगरपालिकाका नगर उपप्रमुख लक्ष्मी योगीले विद्यालयमा अध्ययनरत विद्यार्थी भाईबहिनिलाई शिक्षाको महत्त्व बुझ्न आग्रह गरिन । शिक्षा बिना जीवन अधुरो भएको बताउँदै अध्ययनलाई उच्च प्राथमिकतामा राख्न अनुरोध गरेकी छन ।

रोजी बड्स बाल बाटिका बोर्डिङ स्कुल लमहीले हिन्दु नारिहरुको महान चाड हरितालिका तीजको अवशरमा हरितालिका तीज तथा नृत्य प्रतियोगिता सम्पन्न गरेको छ । सो कार्यक्रममा विद्यालयले एथलेटिक्स अन्तर्गत हाइजम्पमा नेपाल प्रथम हुने प्रमिला चौधरी र प्रदेश द्वितीय हुने सुशिला चौधरीलाई नगद र प्रमाणपत्र सहित सम्मान गरेको छ ।

विद्यालय संचालक समितीका अध्यक्ष नारायण आचार्यको सभापतित्व, लमही नगरपालिकाका नगर प्रमुख जोगराज चौधरीको प्रमुख आतिथ्यता र नगर उपप्रमुख लक्ष्मी योगीको बिशिस्ट आतिथ्यतामा सम्पन्न भएको तीज विशेष/ नृत्य प्रतियोगिता कार्यक्रमको सहजीकरण शिक्षक पूर्ण ओलीले गरेका थिए ।

विद्यालयका प्रधानाध्यापक राजु यादवले स्वागत मन्तव्य राखेको कार्यक्रमको बिषय प्रवेश शिक्षक सुरेश शाहले गराएका थिए ।

प्रिया स्मृती गजमेर

प्रतिक्रिया दिनुहोस्