पटेल र करिमको अर्धशतकमा केन्याले नेपाललाई दियो १५७ रनको लक्ष्य

दाङ समाचार
दाङ समाचार १२ भाद्र २०७९, आईतवार
1 Min Read
Aa

काठमाडौं – राकेप पटेल र इर्फान करिमले अर्धशतक प्रहार गरेपछि केन्याले तेस्रो टी-२० खेलमा नेपाललाई १५७ रनको लक्ष्य दिएको छ । नैरोबीस्थित जिमखान क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको केन्याले २ विकेट गुमाएर १५६ रन बनाएको हो ।

पटेलले ४३ बल खेल्दै ४ चौका र ४ छक्का मद्दतमा अविजित ७३ रन बनाए । यस्तै करिमबले ४७ बल खेल्दै ४ चौका र २ छक्का मद्दतमा ५५ रन जोडे । केन्याले अन्तिम पाँच ओभरमा ६९ रन जोडेको थियो ।

पटेल र करिमसुम नेपाली बलर कमजोर देखिए । नेपालका लागि सोमपाल कामी र बदिल बलमले एक-एक विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्