तीज नृत्य प्रतियोगितामा गोरखा स्कुल लमही प्रथम

प्रिया स्मृती गजमेर
प्रिया स्मृती गजमेर १२ भाद्र २०७९, आईतवार
1 Min Read
Aa

दाङ – लमही नगरपालिका स्तरीय प्याब्सनले आयोजना गरेको देउखुरी व्यापी प्याब्सन आबद्ध अन्तर-विद्यालय तीज नृत्य प्रतियोगिता आइतबार लमहीमा सम्पन्न भएको छ ।

प्रतियोगितामा माध्यामिक विद्यालय तर्फ गोरखा मोडेल सेकेण्डरी स्कुल लमही प्रथम हुन सफल भएको छ । त्यस्तै मुनलाइट स्कुल लालमटिया द्वितीय, सनलाइट स्कुल लमही तृतीय र रोजी बड्स बालबाटिका माध्यामिक विद्यालय लमहीले सान्त्वना स्थान प्राप्त गरेको छ ।

No description available.

त्यसैगरी आधारभूत तहमा मूनलाइट स्कुल लालमटिया प्रथम, सनलाइट स्कुल लमही द्वितीय, गोरखा मोडेल सेकेण्डरी स्कुल लमही तृतीय, र जईन्द्र बोर्डिंग स्कुल लमहीले सान्त्वना स्थान प्राप्त गरेको प्याब्सन लमही नगरका सचिव लोकमान रिजालले जानकारी दिए ।

No description available.

प्रतियोगितामा २१ नृत्य प्रस्तुत गरिएको थियो । चर्चित लोक तथा दोहोरी गायक सन्दीप न्यौपाने, ममता चौधरी र अनिता महताराले प्रतियोगितामा निर्णायकको भूमिका निभाएका थिए । प्याब्सन लमही नगरपालिकाका अध्यक्ष नारायण भुसालको अध्यक्षता एवम लमही नगरपालिकाका उपप्रमुख लक्ष्मी योगीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको प्रतियोगिताको सहजीकरण सनलाइट बोर्डिंग स्कुलका सहायक प्रधानाध्यापक खीम पुनले गरेका थिए ।

No description available.

प्रतिक्रिया दिनुहोस्