डेंगु नियन्त्रण गर्न मोबाइल व्यवसायी संघको सक्रियता

प्रिया स्मृती गजमेर
प्रिया स्मृती गजमेर ८ आश्विन २०७९, शनिबार
2 Min Read
Aa

दाङ– देउखुरी मोबाइल व्यवसायी संघले तिब्रगतिमा फैलिरहेको डेंगु रोग नियन्त्रण तथा सरसफाई अभियान चलाएको छ । संघले शनिबारको दिन डेंगु रोग फैलाउने (लामखुट्टे) मच्छर बस्न सक्ने स्थान लमही बजारका गल्लि, नाली, घाँस पलाएको स्थान, पानी जमेको स्थानमा औषधि छर्किएको संघका संस्थापक अध्यक्ष भीम भुसालले जानकारी दिए ।

जनचेतना मुलक जंगल (सुचना) को साथ साथै संघका पदाधिकारी पनि उक्त अभियानमा सक्रियताका साथ् लागेको भुसालले बताए । हाम्रो वरपरको बातावरणलाई सफा स्वच्छ र सुन्दर बनाएर राख्ने हामि सबैको दायित्व र कर्तव्य हो, यहाँ कसैले आएर गर्देला भन्नु भन्दा पनि सामाजिक कार्यमा अग्रसर हुनु सबैको जिम्मेवारी हो’- भुसालले भने ।

त्यस्तै संघका वर्तमान अध्यक्ष विजय सिंह ठकुरीले दिनहुँ जसो डेंगु रोगका बिरामी बढ्दै जानु सबैको लागि खतरा भएको बताए । बालबालिका देखि वृद्ववृद्वा सम्म जोखिममा रहेकोले हामीले पनि समाजका लागि केहि गरौँ र गर्नु पर्छ भन्ने संदेश दिनका लागि यो अभियान गरेको अध्यक्ष ठकुरीले बताए । आज हामीले अरुको मुख ताकेर बस्यौं भने महामारीले हामीलाई पनि छोड्दैन, त्यसकारण बेलैमा सबैले सजग भएर आफ्नो वरपर सरसफाईमा बिशेष ध्यान दिनु पर्छ भन्ने संदेश पनि दिएका छौं’- अध्यक्ष ठकुरीले भने ।

स्मरण रहोस, लमहीमा रहेको देउखुरी मोबाइल व्यवसायी संघले सामाजिक कामलाई निरन्तरता दिंदै आएको छ । कुनैपनि क्षेत्रमा घट्ने, आइपर्ने आपत विपतमा देउखुरी मोबाइल व्यवसायी संघ सहयोगका लागि अग्रपंतिमा रहेको हुन्छ ।

प्रिया स्मृती गजमेर

प्रतिक्रिया दिनुहोस्