ट्याक्टर पल्टिँदा कम्तीमा २६ जनाको मृत्यु

दाङ समाचार
दाङ समाचार १६ आश्विन २०७९, आईतवार
1 Min Read
Aa

काठमाण्डौ – भारत उत्तर प्रदेशको कानपुरमा ट्याक्टर पल्टिँदा कम्तीमा २६ जनाको मृत्यु भएको छ । घाटमपुर क्षेत्रमा पानी भरिएको खाल्डोमा ट्रयाक्टरको ट्रली खसेर दुर्घटना हुँदा २६ जनाको मृत्यु भएको हाे ।

भारतीय सञ्चारमाध्यमका अनुसार कानपुरको जिल्ला मजिस्ट्रेट विशाख जी अय्यरले १४ जना महिला र बाँकी बालबालिकाको मृत्यु भएको पुष्टि गरेका छन् ।

उक्त ट्रयाक्टरमा ५० जना सवार थिए । जसमा २६ जनाकाे मृत्यु भएकाे छ भने बाँकी घाइते भएका छन् । घाइतेमध्ये अधिकांशकाे अवस्था गम्भीर रहेकाे भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

ट्याक्टरमा सवार सवैजना फतेहपुरको चन्द्रीका देवी मन्दिरमा मुन्डन (कपाल खौरीने) कार्यक्रममा सामेल भएर घाटमपुर फर्किरहेका थिए।

घटनास्थलमै १२ जनाको र अरुको उपचारको लागि अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको प्रहरीले बताएको छ । प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले उद्धार र राहतमा जोडिन निर्देशन दिइसकेका छन् ।

राष्ट्रपति दोपद्री मुर्मुले घटना दुखद् भएको भन्दै घाइतेको शिघ्र स्वास्थ्य लाभको कामना गरेकी छन् । प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय राहत कोषबाट मृतकको परिवारलाई दुई लाख र घाइतेलाई ५० हजार आर्थिक सहयोगको घोषणा पनि गरेका छन् ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्