दाङ – आसन्न मङ्सिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै चुनावी मैदानमा होमिएका राजनीतिक दलले देशैभर मतदातासंग भेटघाटलाई तिब्रता दिएका छन । यसैविच दाङ- १ प्रदेश ‘ख’ मा पनि गठबन्धनले जनताको घरदैलोमा जाने, मत माग्ने, मतदान गर्न सिकाउने जस्ता अभियानलाई गति दिएको छ।
दाङ – १ प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका मेटमणि चौधरी, दाङ- १ ‘क’ का उम्मेदवार इन्द्रजित थारु र दाङ -१ ‘ख’ का उम्मेदवार अनुराग खड्कालाई चुनाव जिताउन गठबन्धनका नेताहरु कम्मर कसेर लागेका छन । गठबन्धनका उम्मेदवारहरु यतिबेला आ-आफ्ना क्षेत्रमा जनता भेट्न व्यस्त देखिन्छन। दाङ- १ प्रदेश ‘ख’ का उम्मेदवार ‘अनुराग खड्का’ गठबन्धनका साझा उम्मेदवार हुन्, उनि नेपाली कांग्रेसको तर्फा बाट प्रदेश सभा सदस्यको टिकट पाएका युवा नेता हुन।
नेपाली कांग्रेसका शक्तिशाली स्वर्गीय नेता खुमबहादुर खड्का पुत्र अनुराग नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सबै भन्दा बढी मत लिएर केन्द्रीय महाधिवेशन प्रतिनिधि बन्न सफल भएका युवा हुन्, युवा भएका कारण केहि गर्छन कि भन्ने जनताले अपेक्षा गरेका छन । उनले प्रदेश सभाको टिकट पाएपछि कार्यकर्तामा छुट्टै खालको उत्साह छाएको छ, युवाहरुमा जोश जाँगर पलाएको देखिन्छ। कतिपय शुभ चिन्तकहरु स्वतस्फुर्त रुपमा अनुरागको प्रचारप्रसारमा दत्तचित्त भएर खटिएका छन ।
शुरु भयो गठबन्धनको घरदैलो अभियान
प्रदेश र प्रतिनिधि सभा क्षेत्रमा गठबन्धनको सम्पर्क कार्यालय स्थापना पछि कार्तिक १५, १६ र १७ गते दाङ निर्वाचन क्षेत्र १ अन्तर्गतका घोराही- १, २, ३ र ५ नम्बरमा घरदैलो कार्यक्रम सम्पन्न भएको छ भने कार्तिक १८ गते लमही- १ मा सम्पन्न भएको छ । त्यस्तै कार्तिक १९ गते वडा नम्बर २, कार्तिक २० गते वडा नम्बर ३, २१ र २२ गते सिमा क्षेत्र ( नाका) २३ गते वडा नम्बर ४, २४ गते वडा नम्बर ७, २५ गते वडा नम्बर ८, २६ गते वडा नम्बर ९ मा घरदैलो कार्यक्रम रहेको दाङ- १ प्रदेश ‘ख’ का प्रचारप्रसार समतिका संयोजक दिनेश गिरीले जानकारी दिनु भयो।
त्यस्तै कार्तिक २७ गते राजपुर गाउँपालिकाको वडा नम्बर ४, ५ र ६, कार्तिक २८ गते राजपुर -७ मा, कार्तिक २९ गते लमही- ६ र कार्तिक ३० गते लमही ५ मा चुनावी घरदैलो गर्ने कार्यक्रम रहेको संयोजक गिरीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्