खुमवहादुर खड्का स्मृति दोश्रो भलिबल प्रतियोगीता माघ २० गतेदेखी हुने

दाङ समाचार
दाङ समाचार २३ मंसिर २०७९, शुक्रबार
2 Min Read
Aa

दाङ – आगामी माघ २० गते देखी घोराहीमा खुमवहादुर खड्का स्मृति दोश्रो भलिबल प्रतियोगीता हुने भएको छ । दाङका दश वटै पालिकाको सहभागिता रहने यस प्रतियोगिता नेपाली काग्रेस दाङले गत वर्षदेखी आयोजना गर्न थालेको हो ।

भलिबल प्रतियोगितामा सर्वाधिक २ लाख २५ हजार रुपैयाँको प्रथम पुरस्कार रहेको यस प्रतियोगितामा द्वितिय पुरस्कार १ लाख १२ हजार ५००, तृतिय पुरस्कार ५६ हजार २५० र सात्वना स्थान आउनेले १३ हजार ५ रुपियाँ प्राप्त गर्ने भलिबल प्रतियोगीता आयोजक समितिका संयोजक राजु आचार्यले बताउनु भयो ।

यसैबिच प्रतियोगिता आयोजक मुल समितिको शुक्रबार बसेको बैठकले विभिन्न उपसमितिहरु गठन गरेको छ । जस अनुसार खेमराज विकको संयोजकत्वमा शुसिला गुरुङ सदस्य रहेको खेल मैदान तथा मञ्च व्यवस्थापन उप समिति, तिलक रावतको संयोजकत्वमा दिनेश वली, विक्रम शम्शेर महरा, गोमा गुरुङ र दुर्लभ केसी सदस्य रहेको आवास तथा भोजन व्यवस्थापन समिति गठन भएको छ ।

त्यस्तै विकास विसीको संयोजकत्वमा बिर्जा चौधरी र लिला खनाल सदस्य रहेको टिम दर्ता तथा प्रशासनिक कार्य व्यवस्थापन समिति, गदुलाल चौधरीको संयोजकत्वमा तिलक रावत र रेख वहादुर रावत सदस्य रहेको पुरस्कार व्यवस्थापन समिति गठन गरिएको छ । यस्तै मुल समितिको बैठकले केदारराज श्रेष्ठ संंयोजक र शिब श्रेष्ठ र दिपक पुन सदस्य रहेको प्राविधिक व्यवस्थापन समिति र सन्तोष सुवेदीको संयोजकत्वमा सूचना, सञ्चार तथा समन्वय समिति गठन गरेको छ ।

बैठकले जिल्लाभरका भलिबल खेलाडीहरुलाई प्रतियोगितामा सहभागि हुन सम्बन्धीत क्षेत्रको पालिकामा सम्पर्क राख्न पनि आग्रह गरेको छ । लुम्बिनी प्रदेशमै सबै भन्दा ठूलो राशीको भलीबल प्रतियोगीता दाङमा सुरु हुन लागेकाले त्यस्को तयारीमा लाग्न पालिकाहरुलाई पनि बैठकले अनुरोध गरेको छ । बैठक मुल समितिका संयोजक राजु आचार्यको अध्यक्षता एवं नेपाली काग्रेस दाङका सभापती शंकरप्रसाद डाँगीको प्रमुख आथित्यतामा बसेको थियो ।

प्रतिक्रिया दिनुहोस्