दाङमा मकै खेती र आधुनिकीकरणको प्रयोग

प्रिया स्मृती गजमेर
प्रिया स्मृती गजमेर ७ पुष २०७९, बिहीबार
7 Min Read
Aa

दाङ – कृषि उत्पादनका लागि दाङ उत्कृष्ट जिल्लाको रुपमा चिनिन्छ । खासगरी उपल्लो दाङमा धान बालि र तल्लो देउखुरी क्षेत्रमा मकै बालि उत्पादन हुने क्षेत्र हो । यहाँको हावा, पानी र माटो धान खेतीका लागि योग्य रहेको भन्दै सरकारले कृषि उत्पादन मध्ये देउखुरीलाई मकै उत्पादन हुने पकेट क्षेत्र भनेर घोषणा समेत गरि सकेको छ ।

कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व वृदिकक गर्ने उदेश्यका साथ कृषि उपजको उत्पादनका लागि आबश्यक प्रविधि तथा उत्पादन सामाग्रीको ब्यवस्था, बाली र बस्तु उत्पादनमा यान्त्रिकरण, तथा बजारीकरणको लागि आबश्यक पूर्वाधारको ब्यवस्था परिकल्पना गर्दै प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना अन्तर्गत मकै सुपरजोन दाङले विगत ७ बर्षदेखि कृषक स्तरमा मकै बालीको यन्त्रिकरण र आधुनिकीकरणमा सेवा प्रवाह गर्दै आएको छ ।

कार्यालयले यहाँका किसानको आर्थिक स्तर उकास्न, परम्परागत कृषि प्रणालीलाई परिमार्जित गर्दै आधुनिक प्रणालीमा लैजानका लागि सुपरजोन संचालक समितिको गठन सँगै विभिन्न कृषक समुह सहकारी र उधमीलाई एक ढिक्का बनाएर परियोजनाले कृषक स्तरमा यन्त्रिकरणको उपयोग गरि बिगतका बर्षहरु देखि मकैको उन्नत खेति प्रविधिहरू प्रयोग गर्दै आईरहेको छ । यतिबेला यहाँका किसानले मकै खेतिबाट राम्रै आम्दानी गरिरहेका छन् ।

२८ वटा कृषक समूह, सहकारी र संस्थाका १९ हजार २ जना कृषकलाई आबद्द गराई ९ सय ७२ हेक्टर जमिनमा यो कार्यक्रम लागु भएको थियो भने अहिले १ सय २६ वटा कृषक संस्थाका करिव ६ हजार ५ सय कृषकको ३ हजार १ सय हेक्टरमा कार्यक्रम सञ्चालन भैरहेको प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना अन्तर्गत मकै सुपरजोन दाङका कार्यालय प्रमुख महेश रेग्मीले जानकारी दिनु भयो ।

प्रबिधिले ल्याएको सहजता तथा लागत न्यूनिकरण
आधुनिक प्रविधि, निरन्तर कृषकलाई तालिम र कृषकको क्षमता अभिवृद्धिले सम्पुर्ण मकै खेति प्रविधि अहिले रोप्ने देखि भण्डारण सम्म यन्त्रिकरण मार्फत सफल हुँदै आएको छ । देउखुरी क्षेत्रको ७० प्रतिशत जति मकै रोपने, मकै खोल्साउने र छोडाउने काम मेशीनबाट हुने गरेको छ भने मकै गोड्ने कार्य पनि कतिपय कृषकहरूले मेशीनबाट गर्दै आएको कार्यालय प्रमुख रेग्मीको भनाई छ । मकै बालीमा मेशीनको प्रयोग बढ्न थाले पछी यस क्षेत्रका कम्तिमा सहत्तरी प्रतिशत कृषक मकै खेतीमा लाग्ने गरेका छन् ।

मकैमा यन्त्रिकरणको विकास र खर्च
कुटो, कोदाली, हलो र गोरुलाई क्रमिक रुपमा बिस्तापित गर्दै समय र कृषकको क्षमता अनुरुप मकै लगाउने मेशिनहरु भित्रिन थाले पछि कृषक स्तरमा आधुनिक खेतिको लहर देख्न सकिन्छ । किसानले मकै गोड्न ईन्टरकल्टी भेटर नामको मेसिन प्रयोग गर्दै आएका छन् भने र मकै छोडाउन खोल्साउन डिहस्कर थ्रेसरको प्रयोग गर्ने गरेका छन्, जसका कारण १ महिना भन्दा बढी लाग्ने काम एक दिनमै सहज भएको छ ।

एक हेक्टर जमिनमा मकै उत्पादन गर्न करीव १ लाख देखि १ लाख २५ हजार रुपैयाँ सम्म खर्च हुन्थ्यो तर हाम्रो क्षेत्रमा मकै सुपर जोनको कार्यक्रम लागु भएपछी परियोजनाले आधुनिकीकरणमा सहजिकरण गर्दै मेसिनबाट खेति गर्दा ४५ हजार देखी ६० हजार मात्रै खर्च लाग्ने गरेको दाङ राजपुर –६ का किसान रामप्रसाद चौधरीले बताउनु भयो ।

१ किलो मकै उत्पादन गर्न बाइस देखी पैंतीस रुपैयाँ सम्म खर्च हुन्थ्यो भने अहिले दश देखी अठार रुपैयाँ मात्र लाग्ने गर्छ’– किसान चौधरीले भन्नु भयो । यन्त्रिकरणको विकास संगसंगै मकै खेतिमा पनि मनग्य लाभ लिन सकिन्छ भन्ने उदाहरण यो क्षेत्रका किसानले दिएका छन् ।

बसन्ते मकैको क्षेत्र बिस्तार र उत्पादन
देउखुरी क्षेत्रमा करिव ६ हजार हेक्टर जमिनमा हिउँदे, बसन्ते र वर्षे मकैको खेति हुने गरेको छ । नेपालमा हरेक वर्ष अरवौं रुपैयाँको मकै कुखूराको दाना बनाउनको लागि आयात हुने गरेको छ, करिव ५ देखि ६ लाख टन जति उद्योगलाई आवश्यक पर्ने गुणस्तरीय मकै नेपालमा अपुग रहेको एक तथ्यांकले देखाएको छ । यो आवश्यकतालाई पुर्ति गर्नका लागि ब्यवसायिक मकै उत्पादन हुन आवश्यक छ ।

वर्षे सिजनमा उत्पादन हुने मकैको उत्पादन कम, चिस्यानको मात्रा धेरै, पानीले भिज्ने तथा सुकाउन नसकिने भएकोले दाना उद्योगका लागि गुणस्तरीय नहुने र प्रयोग न्यून हुन्छ भने उद्योगको लागि काम लाग्ने गुणस्तरीय मकै भनेको हिउँदे र बसन्ते मकै हो । परियोजनाको प्रारम्भमा करिव तीन सय हेक्टर जति हिउँदे मकैको उत्पादन लमही नगरपालिका र राप्ती गाउँपालिकाको केरुनिया, सिसहनिया क्षेत्रमा मात्रै हुने गरेको थियो भने अहिले देउखुरी क्षेत्रमा ४ वटै पालिकामा धेरै÷थोरै हिउँदे मकैको क्षेत्र बिस्तार भएको छ ।

बसन्ते मकैको उत्पादनले देउखुरीका कृषकहरूको लागि एउटा प्रमूख आयआर्जनको स्रोत बनेको छ । कुखुराको दाना उद्योगका लागि केही हद सम्म स्वदेशी मकैको आपुर्ति पनि बढेको छ । मकै खेतिमा आधुनिकीकरण लागु भएपछी यो परिवर्तन सम्भव भएको राप्ती फिड इन्डस्ट्रिज प्रालिका अध्यक्ष लीलाराम खनालको बुझाई छ ।

स्वदेशी हाईब्रिड मकैको बिउ उत्पादन र क्षेत्र बिस्तार
मकैको उत्पादन, उत्पादकत्व र क्षेत्रफल बिस्तारको साथै स्वदेशी हाईब्रिड मकैको क्षेत्रफल बिस्तार र बीउ उत्पादन पनि देउखुरी क्षेत्रमा सफल भएको छ । नेपालमा आफ्नै देशको हाईब्रिड मकै पनि नभएको र केही जातहरू भएतापनि कृषक स्तरमा प्रचारप्रसार र प्रयाप्त बीउ उत्पादनको कमीको कारणले बिस्तार भएको थिएन । हाईब्रिड मकैको बीउ उत्पादन कार्य अन्य खेतिपाति भन्दा जटिल र जोखीमपुर्ण हुन्छ ।

स्वदेशी हाईब्रिड मकैको बीउ उत्पादन कार्यलाई देउखुरी क्षेत्रमा लगातार ५ वर्ष सम्म लगाउने तरिका, लगाउने महिना, प्रबिधिमा परिक्षण र कृषकलाई हाईब्रिड बीउ उत्पादन खेति गर्ने ब्यवहारिक तालिम दिंदै मंसिरको दोस्रो सातामा यो खेति लगाउन सके सफल हुन्छ भन्ने प्रबिधिको ज्ञान किसानलाई दिइएको छ ।

भबिष्यमा देउखूरी क्षेत्रलाई स्वदेशी हाईब्रिड मकैको हबको रूपमा विकास गर्दै लैजाने उदेश्यले कृषकहरूले स्वदेशी मकै लगाउन सूरू गरेका छन । बिगत ३ वर्ष यता चार हेक्टरमा स्वदेशी हाईब्रिड मकैको बीउ क्षेफल विस्तार भएको छ । मकै खेतिको आधुनिकीकरणको क्षेत्रमा प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना अन्तर्गत मकै सुपरजोन दाङले उल्यख्य भुमिका खेलेको देख्न सकिन्छ ।

खेति लागत न्यूनिकरण, उत्पादन तथा मकै खेति क्षेत्रफल बिस्तार, मकै खेति प्रबिधि प्रसार, सिंचाई आदि कारणले गर्दा देउखुरी क्षेत्रमा मकै ब्यवसायीक र नगद आर्जनको खेतिको रूपमा स्थापित भएको छ ।

प्रिया स्मृती गजमेर

प्रतिक्रिया दिनुहोस्