समाजवादीका नेता भुसाल सवार गाडी दुर्घटना

दाङ समाचार
दाङ समाचार २० माघ २०७९, शुक्रबार
0 Min Read
Aa

काठमाण्डौ – नेकपा (एकीकृत समाजवादी) का नेता तथा पूर्वमन्त्री घनश्याम भुसाल सडक दुर्घटनामा परेका छन्।

शुक्रबार दिउँसो भुसालले चलाएको गाडी बानेश्वरस्थित डिभाइडरमा ठोक्किएको हो।

‘गाडी ठोक्किएपछि उहाँ केहीबेर बेहोस हुनुभएको थियो। अहिले अस्पतालमा उपचार भइरहेको छ, अवस्था सामान्य छ,’ भुसालनिकट गौतम राईले भने।

भुसाललाई बानेश्वरस्थित सिभिल अस्पतालमा भर्ना गरिएको छ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्