अपाङता भएका बालबालिकाहरुलाई छात्रवृत्ति आएन

प्रिया स्मृती गजमेर
प्रिया स्मृती गजमेर २७ माघ २०७९, शुक्रबार
2 Min Read
Aa

दाङ – अपाङता भएका बालबालिकाहरुलाई शिक्षामा पहुँच बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न बहेको छ । मावि कालाखोलामा १४ जना अपाङता भएका बालबालिका अध्ययनरत रहेका छ्न । भदौ देखि लागू भएको मासिक ४ हजार नेपाल सराकरले पठाउने छात्रवृत्ति अझै आउन सकेको छैन ।

यसैबिच मावि कालाखोलाको आयोजनामा सोही बिषयलाई लिएर अन्तरक्रिया कार्यक्रम शुक्रबार तुलसीपुरमा भएको हो । मावि कालाखोला ब्यबस्थापन समितिका अध्यक्ष भरत चौधरीको अध्यक्षता एवम तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा सहभागीहरुले अपाङ मैत्री नीति र योजनाको माग गरेका थिए ।

अन्तरक्रिया कार्यक्रममा सम्बोधन गर्नुहुदै नगर प्रमुख खडकाले अपाङमैत्री बनाउने प्रतिबद्धता जनाउनु भयो । जिल्ला समन्वय समितिको आयोजनामा हुने नियमित घुम्ती बैठक मार्फत अपाङ्ता भएका ब्यक्तिहरुका लागि साझा नीति तथा कार्यक्रम गराईने बताउनु भयो ।

बबई गाउँपालिकाका अध्यक्ष कुल बहादुर खत्रीले आगामी बर्ष नीति तथा कार्यक्रम बनाउने बताउनु भयो । अधिकार कर्मी सुशील बस्नेतले अपाङ्गता भएका ब्यक्तिको शिक्षामा पहुँच बनाउन सम्बदेनशील बन्न आग्रह गर्नु भयो ।

सो अवसरमा तुलसीपुर उपमहानगरपालिका महिला बालबालिका शाखा प्रमुख माया श्रेष्ठ, तुलसीपुरका शिक्षा महाशाखाका प्रा.स. मदन कुमार देवकोटा, मावि कालाखोलाका सदस्य जगत थापा, अपाङताको अधिकारका अभियान्ताद्वय जिबि चिन्तन र चिन्तामणी पौडेल लगायतले अपाङता भएका बालबालिकाको छात्रवृत्ति र ती बालबालिकाका सहयोगीलाई समेत सुबिधा उपलब्ध गराउन ध्यानाकर्षण गराउनु भयो ।

कार्यक्रममा स्वागत मन्तव्य छायाँ संस्थाका यज्ञ विकले बिषय प्रबेश मावि कालखोलाका प्रधानाध्यापक राजिव ओझा र सहजीकरण उक्त विद्यालयका शिक्षिका लक्ष्मी न्यौपानेले गर्नुभएको थियो ।

प्रिया स्मृती गजमेर

प्रतिक्रिया दिनुहोस्