राजपुरको विकासका लागि मंत्री पाण्डेलाई योजनाको पत्र बुझाउदै सांसद खड्का

प्रिया स्मृती गजमेर
प्रिया स्मृती गजमेर ८ फाल्गुन २०७९, सोमबार
3 Min Read
Aa

दाङ – नेपाली कांग्रेसका युवा नेता अनुराग खड्काले नेपाल सरकारका शहरी विकास मंत्री विक्रम पाण्डेसंग भेटघाट गर्नु भएको छ । लुम्बिनी प्रदेशका सांसद समेत रहनु भएका खड्का र मंत्री पाण्डे विच दाङ निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत सबैभन्दा विकट क्षेत्र मानिने दाङको राजपुर गाउँपालिकाको विकासका लागि कुराकानी भएको सांसद खड्काले जानकारी दिनु भएको छ ।

दाङका सबै पालिकाको अवस्था उस्तै छ, सबै पालिकाका जनताले प्रत्यक्ष लाभालिने गरि सरकारले ति क्षेत्रमा विकास गर्ने छ’- सांसद खड्काले भन्नु भयो । स्थानीय सरकारले गर्न सक्ने योजना स्थानीयस्तर बाटै हुन्छ, नसके प्रदेश सरकार र केन्द्र सरकारले गर्छ’- उहाँले भन्नु भयो ।

भेटघाटका क्रममा समग्र दाङ जिल्लाको विकासका लागि मंत्री पाण्डे सकारात्मक हुनुहुन्छ, विशेष गरि दाङको दक्षिणी क्षेत्र जुन भारत संग सिमा जोडिएको छ त्यो क्षेत्रको बारेमा गम्भीर कुराकानी भएको र त्यस क्षेत्रका लागि केन्द्रको संसदमा जोडदार रुपले कुरा उठाउने साथै विकासका लागि बजेट विनियोजन गर्ने प्रतिबद्दता जनाउनु भएको सांसद खड्काले बताउनु भयो ।

राजपुर गाउँपालिका अध्यक्ष शरद कुमार बुढाथोकी र लुम्बिनी प्रदेशका सांसद अनुराग खड्काले नेपाल सरकारका शहरी विकास मंत्री विक्रम पाण्डेलाई मन्त्रालयमै पुगेर गाउँपालिकाको सात वटै वडामा विकास निर्माणका लागि पत्र समेत बुझाउनु भएको छ । वडा नम्बर १ देखि वडा नम्बर ७ सम्म अत्यावश्यक देखिएका योजनाहरुको नाम लिस्ट तयार पारेर मन्त्रीज्यूलाई बुझाएका छौं, हाम्रो मागप्रति उहाँ गम्भीर हुनु भएको छ’ राजपुर गाउँपालेका अध्यक्ष बुढाथोकीले भन्नु भयो ।

बेला – पटौली, जंग्रहवा – खंग्रा नाका, कुरुवा खोला- तालि खोला हुँदै भैसाहीं र गढवा देखि भैसाहीं सम्म सिंजाली मार्ग स्तर उन्नतिको लागि पुर्व शहरी विकास मंत्री मेटमणि चौधरीसंगा कुरा भएको र बजेट माग भएको अध्यक्ष बुढाथोकीले बताउनु भयो । वर्तमान शहरी विकास मंत्री विक्रम पाण्डेले त्यतिबेलाको मागलाई पनि आफुले सम्बोधन गर्ने गरि काम अगाढी बढाउने आश्वासन दिनु भएको अध्यक्ष बुढाथोकीको भनाई छ ।

त्यति बेला मेटमणि चौधरी शहरी विकास मंत्री भएको बेला हामीले के के आयोजना माग गरिएको थियो, कोहि कसैले हेर्न खोजेमा उक्त विवरण राजपूर गाउँपालिकामा सुरक्षित भएको पनि अध्यक्ष बुढाथोकीले जानकारी दिनु भएको छ ।

लुम्बिनी प्रदेशका सांसद अनुराग खड्का, नेपाली कांग्रेसका प्रभावशाली नेता स्वर्गीय खुमबहादुर खड्काका छोरा हुनुहुन्छ। कांग्रेसको १४ औं महाधिवेशनमा सबैभन्दा बढी मत लिएर केन्द्रीय महाधिवेशनमा निर्वाचित हुनु भएको थियो भने भर्खरै सम्पन्न भएको प्रदेश सभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसबाट प्रदेश सभा सदस्यको टिकट प्राप्त गर्न सफल खड्काले नेकपा एमालेका कुल बहादुर केसीलाई तीन हजार बढी मतान्तरले पराजित गर्दै लुम्बिनी प्रदेशको सांसद बन्नु भएको हो ।

No description available.

No description available.

प्रिया स्मृती गजमेर

प्रतिक्रिया दिनुहोस्