नेवि संघद्वारा विभिन्न कार्यक्रम सम्पन्न

प्रिया स्मृती गजमेर
प्रिया स्मृती गजमेर ८ फाल्गुन २०७९, सोमबार
1 Min Read
Aa

दाङ – नेपाल विद्यार्थी संघ देउखुरी बहुमुखी क्याम्पस इकाईको आयोजनामा रक्तदानलगायतका विभिन्न कार्यक्रमहरु सम्पन्न भएको छ ।

नेविसंघ देउखुरी बहुमुखी क्याम्पसका इकाई सभापति शिशिर वलीको अध्यक्षता तथा प्रदेशसभा सदस्य लोका विकको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा क्याम्पस प्राङगणमा नेपालको राष्ट्रिय झन्डोत्तलन तथा सरसफाइ कार्यक्रम पनि गरिएको छ ।

कार्यक्रममा बोल्दै प्रदेशसभा सदस्य विश्वकर्माले लोकतन्त्रमा विश्वास राख्ने पार्टी नेपाली कांग्रेस भएको दावी गर्दै कांग्रेस बलियो भए मात्रै देशको राजनीतिक अवस्था सुधार हुने बताउनु भयो। त्यस्तै कांग्रेसलाई बलियो र संगठित बनाउनका लागि नेपाल विद्यार्थी संघको भूमिका महत्वपुर्ण हुने उहाँको भनाई छ ।

कार्यक्रममा नेपाली कांग्रेस दाङका सचिव वालिका लम्साल, नेपाली कांग्रेस महाधिबेशन प्रतिनिधि जानकीलाल बस्नेतले अन्यायको विरुद्दमा खबरदारी र शिक्षा आर्जनमा ईमान्दारीताको हिसाबले अघि बढ्न आग्रह गर्नु भयो ।

त्यसैगरी कार्यक्रममा महाधिवेशन प्रतिनिधिहरु मधु न्यौपाने, गिरिजादेवी न्यौपाने, कांग्रेस लमहीका सभापति सन्तोष बुढाथोकीलगायतले नेपाल विद्यार्थी संघ आफैमा सबै भन्दा पुरानो र क्रान्तिको संस्था भएको बताएका थिए । अम्रेशकुमार यादवको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण चन्द्रभान यादवले गर्नु भएको थियो।

No description available.

No description available.

प्रिया स्मृती गजमेर

प्रतिक्रिया दिनुहोस्