डायलाइसिस सेन्टर बन्द हुने भएपछि बिरामी चिन्तित

प्रिया स्मृती गजमेर
प्रिया स्मृती गजमेर १२ फाल्गुन २०७९, शुक्रबार
4 Min Read
Aa

दाङ – घोराही उपमहानगरपालिका – १४ का शम्भुरत्न घिमिरे दुबै मृगौला फेल भएको बिरामी हुनुहुन्छ । मृगौला फेल भएको लामो समय भयो, डायलाइसिसकै भरमा उहाँ बाँच्नु भएको छ । दुवै मृगौलाले काम नगर्ने भएपछी उहाँ मानसिक तनाबमा हुनुहुन्छ ।

घरको मुली मान्छे नै लामो समयदेखि अवस्थ भएपछी आफु मात्र नभएर घरपरिवार समेत मानसिक तनाबमा परेको उहाँले बताउनु भयो । गौतम बुद्द सामुदायिक मुटु अस्पतालले लमहीमा रहेको लमही सामुदायिक डायलाइसिस सेन्टर बन्द गर्ने सुचना निकाले पछि घिमिरेलाइ चिन्ता परेको छ ।

घिमिरेले लमहीमा डायलाइसिस गराउन लागेको झन्डै २ वर्ष भयो । देशभरका डायलाइसिस सेन्टरमा उपचार गराएको अनुभव छ तर लमही डायलाइसिस सेन्टरमा जति सहज अन्यत्र नभएको घिमिरेले बताउनु हुन्छ । डायलाइसिस गर्न नसक्ने भन्दै सेवा बन्द हुन् लागेको छ अब कहाँ गएर उपचार गर्ने ? उहाँको प्रश्न छ । मृगौला जस्तो संवेदनशील कुरामा राज्य किन मुकदर्शक बनेको छ ? कुनैपनि हालतमा राज्यले हाम्रो उपचारमा गम्भीर हुनु पर्छ, यदि राज्यले सुनेन भने हामी डायलाइसिस सेन्टर अगाडी नै धर्ना दिएर बस्छौं’– घिमिरेले भन्नु भयो ।

त्यसैगरी महेन्द्रनगरबाट मृगौलाको डायलाइसिस गराउन दाङको लमही आउनु भएकी ४२ वर्षिया बसन्ता केसी यहि फागुन १५ गतेदेखि डायलाइसिस बन्द हुने कुरा सुनेपछि चिन्तित हुनुहुन्छ । “केसी भन्नू हुन्छ’– अन्यत्र भन्दा लमहीको डायलाइसिस सेन्टरमा राम्रो सेवा पाएको थिए, बन्द हुने हल्ला सुनेको छु अब कहाँ गएर उपचार गर्ने हो ? म जस्ता सैयौं मृगौलाका बिरामीलाई राज्यले निशुल्क उपचारको व्यवस्था गर्नु पर्छ’– केसीले भन्नु भयो ।

विगत ३ वर्ष देखि प्युठान सरुमारानी गाउँपालिका – ४ सिरुबारीका ३५ वर्षका केशब थापाले पनि लमही स्थित डायलाइसिस सेन्टरमा मृगौलाको उपचार गर्दै आउनु भएको छ । केशव भन्नु हुन्छ’– म जस्ता धेरै बिरामी हुनुहुन्छ यी सबैको बाँच्ने चाहाना राज्यले पूरा गर्दिनु पर्छ’।

लमही सामुदायिक डायलाइसिस सेन्टर बन्द हुने भएपछि यहाँ उपचार गराई रहेका मृगौलाका विरामीहरु चिन्तित बनेका छन । मृगौलाका बिरामीलाई उपचार गरेबाफतको रकम राज्यले हालसम्म पनि नदिंदा सेवा बन्द गर्नु पर्ने अवस्थामा पुगेपछि अब उपचार नपाइने भयो भनेर उनिहरु चिन्तित बनेका हुन् ।

अहिले उक्त सेन्टरमा ५६ जना मृगौलाका विरामीले डायलाइसिस गराई रहेका छन् । रुकुम, प्युठान, रोल्पा, सल्यान लगायतका जिल्लाबाट उपचारका लागि लमही आउने गरेका छन् । लमहीमा डायलाइसिस सेन्टर स्थापना भएपछी छिमेकी जिल्लाका बिरामीलाई समेत सहज भएको छ ।

तर गौतम बुद्द सामुदायिक मुटु अस्पतालले संचालन गरेका सामुदायिक डायलाइसिस सेन्टरको अवस्था निकै दयनिय बन्दै गएको छ । राज्य र मुटु अस्पताल विच भएको सम्झौता अनुशार काम नहुँदा डायलाइसिस सेन्टर संचालन गर्न निकै समस्या भएको गौतम बुद्द सामुदायिक मुटु अस्पताल बुटवलका प्रमुख एजाज आलमले बताउनु भयो । अस्पतालले राज्यसंग करिव ६ करोड रुपैयाँ पाउनु पर्ने छ, अहिलेसम्म रकम पाउन सकेका छैनौं कसरी उपचार गर्ने ? प्रमुख आलमले भन्नु भयो ।

लमही सामुदायिक डायलाइसिस सेन्टरलाई नेपाल सरकारले विपन्न नागरिकलाई उपचार गरे वाफत उपलब्ध गराउदै आएको रकम विगत ७ महिना देखि भुक्तानी नगर्दा डायलाइसिस सेन्टर बन्द हुने अवस्थामा पुगेको रोटरी क्लव अफ लमहीका अध्यक्ष मोहन कुमार पाण्डेले जानकारी दिनु भयो ।

डायलाइसिसका लागि अत्यावश्यक सामान खरिद गर्न र सेन्टरमा कार्यरत कर्मचारीको तलब भुक्तानीमा समेत समस्या सिर्जना भएको अध्यक्ष पाण्डेको भनाई छ । यहि फागुन १५ गतेभित्र राज्यले प्रदान गर्ने रकम भुक्तानी नगरे निशुल्क सेवा बन्द हुने र शुल्क लिएर भने सेवा यथावत रहने भएको छ । शुक्रवार रोटरी क्लब अफ लमहीले पत्रकार सम्मेलन गरेर सेन्टर बन्द हुन् लागेको जानकारी गराएको हो ।

No description available.

No description available.No description available.

प्रिया स्मृती गजमेर

प्रतिक्रिया दिनुहोस्