दाङ – नेपाली कांग्रेसक नेता जन्मजय तिमिल्सिना लुम्बिनी प्रदेश संसदीय दलको प्रमुख सचेतक हुनु भएको छ । तिमिल्सिना लाई नेपाली कांग्रेस लुम्बिनी प्रदेशका संसदीय दलका नेता डिल्ली बहादुर चौधरीले बिहिबार नियुक्त गर्नु भएको नेपाली कांग्रेस दाङ जिल्ला सचिव बालिका लम्सालले जानकारी दिनु भयो।
भर्खरै सम्पन्न प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा उहाँ बर्दिया जिल्ला निर्वाचन क्षेत्र नम्बर २ को प्रदेश ‘क’ बाट पांच हजार बढी मतान्तरले निर्वाचित बन्नु भएको थियो । उहाँ नेपाली कांग्रेस महासमिति सदस्य हुनुहुन्छ भने नेपाल तरुण दलको केन्द्रीय सचिव भएर कम गरि सक्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस्