दाङ– सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट लुम्बिनी प्रदेशका बाहिनीपती सशस्त्र प्रहरी नायब महानिरिक्षक विदुर खड्काले आफ्नो जिम्मेवारी प्रति उच्च इमान्दारी र अनुशासीत भई सिमा सुरक्षामा ध्यान दिन सिमा सुरक्षामा खटिएका सशस्त्र प्रहरीहरुलाई निर्देशन दिनु भएको छ ।
दाङको कोइलाबास नाकामा रहेको सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट (बिओपी) को नवनिर्मित भवनको उद्घाटन गर्न कोइलाबास नाका पुग्नु भएका खड्काले भन्नुभयो,–। ‘हाम्रो प्रमुख दायित्व भनेकै सीमा सुरक्षा, सीमा अपराध नियन्त्रण गर्नु हो । सोही कारणले नेपाल सरकारले भारतसंग जोडिएको दाङको कोइलाबास नाकामा (बिओपी) स्थापना गरेको हो ।
सीमा क्षेत्रमा (बिओपी) स्थापना भइसकेपछि यस क्षेत्रका नाकाबासीहरुले अझ बढी शान्ती सुरक्षाको अनुभुति गर्न पाउनुपर्छ ।’ सीमा नाकाका जनतासंग राम्रोसंग सम्बन्ध राखेर काम गर्न निर्देशन दिनुका साथै नेपाल प्रहरीसंग समन्वय गरेर काम गर्न समेत बाहिनीपति खड्काले सिमा क्षेत्रमा कार्यरत सुरक्षाकर्मीलाई आग्रह गर्नुभयो ।
भारतसंग सीमा जोडिएको दाङको सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट (बिओपी) कोइलाबासले सीमाक्षेत्रमा रहेको भान्सार कार्यालयको भवनबाट अस्थायी रुपमा लामो समयदेखि आफ्नो सेवा प्रदान गर्दै आइरहेको थियो । अहिले स्थायी रुपमा भवन निर्माण भएपछि निकै सहज भएको सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट (बिओपी) कोइलाबास नाकाका प्रमुख देविलाल गौतमले बताउनुभयो ।
दाङका प्रमुख जिल्ला अधिकारी सुशिल बैद्यले जिल्लाको सीमा स्तम्भहरुको अहोरात्र खटेर सुरक्षा गर्न निर्देशन दिनुभयो । नेपालका सीमा स्तम्भहरु के–कस्ता अवस्थामा छन्, मर्मत गर्नुपर्ने अवस्थामा छने भने मर्मतको लागि प्रतिवेदन गर्नुपर्ने कामहरु सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट (बिओपी) को पहिलो काम रहेको बताउनुहुदैँ, मुलुकमा सीमा र सीमा स्तम्भहरुको सुरक्षा बारे महत्वपूर्ण योगदान पु¥याउन निर्देशन दिनुभयो । उहाँले भन्नुभयो,–। ‘नेपाली भुमि अतिक्रमण गर्न नदिने सीमावर्ती क्षेत्रमा (बिओपी) स्थापना गरिएको हो । सीमा नाकामा ६ किलोमिटरको दुरीमा २१ वटा (बिओपी) राखिने भएको छ ।’
यस्तै सशस्त्र प्रहरी बल नेपाल नं. २९ हेक्वा ज्वालामाई गण भालुवाङ्का प्रमुख गोपाल श्रेष्ठले आर्थिक वर्ष ०७६÷०७७ मंसिर २३ भवनको सम्झौता भइ निर्माणको काम सुरु भएको बताउनुभयो । उहाँका अनुसार ९१ लाख ४२ हजारको लागतमा आर्थिक वर्ष ०७८ चैत्र १८ भवन निर्माणको काम सम्पन्न भएको हो । जिल्लामा २१ वटा (विओपी) निर्माण गरिने लक्ष्य रहेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्