‘साउनको महिनामा हातै भरी चुरा’

प्रिया स्मृती गजमेर
प्रिया स्मृती गजमेर ७ श्रावण २०८०, आईतवार
1 Min Read
Aa

दाङ – हिन्दु नारीहरुको महान पर्व हरितालिका तीज नजिकिएसंगै विभिन्न गीत संगीत सार्वजनिक हुन् थालेका छन् । साउनको महिना शुरु भए लगत्तै नेपाली नारीहरुले हातमा हरियो पहेंलो रंगको चुरापोते लगाउने गर्दछन ।

यहि विषयलाई केन्द्रित गरेर रचना गरिएको ‘साउनको महिनामा हातै भरी चुरा’ बोलको गीत पनि स्रोतामाझ आएको छ । क्रियटिभ हट्स युटुब च्यानल मार्फत सार्वजनिक भएको छ । पछिल्लो पुस्ताका चलेका गायक राज सिग्देल र दाङ लमही निवासी सुमधुर स्वरकी धनि गायिका सुष्मा ग्रेसको आवाज रहेको छ ।

लमही राताेडाडा निवासी अर्थशास्त्री गीतकार दधि अधिकारीले कोरेका शब्दलाई अर्थशास्त्री सुधिर अधिकारीको कर्णप्रिय संगीतले झनै मन छुने बनाएको छ। यो गीतमा कमल सिंह र दाङ तुलसीपुर निवासी आभा थापाको अभिनय देख्न सकिन्छ भने प्रहिल कार्कीको निर्देशन रहेको छ ।

गीत सार्वजनिक हुनु पूर्वनै करिब एक हजार बढीले टिकटक बनाई सकेका छन । गीतले सफलता पाओस हाम्रो पनि शुभकामना।

यो गीतको पुरा भिडियो हेर्न तलको लिंक क्लिक गर्नु होला।

प्रिया स्मृती गजमेर

प्रतिक्रिया दिनुहोस्