दाङ – हिन्दु नारीहरुको महान चाड हरितालिका तीजको अवसरमा लमही नगरपालिकाले यहि भदौ २७ गते तीज विशेष कार्यक्रम गर्ने भएको छ । लमही नगरपालिकाको आयोजनामा नगरपालिकाकै सभाहलमा कार्यक्रम हुन लागेको नगरपालिकाले जानकारी दिएको छ ।
उक्त दिन नेपाली कला, नेपाली संस्कृति झल्कने खालको नाचगान हुनेछ, साउण्ड सिस्टमलाई पूर्णरुपमा बन्देज लगाइएको छ, मादल, बासुरी लगायतका नेपाली बाजाहरुको प्रयोग गरिने भएको छ । मादल, बासुरी वाद्यवादकलाई बोलाईने भएको छ ।
कार्यक्रममा महिला दिदिबहिनीहरु विच शुभकामना आदानप्रदान गर्ने, दर खाने, रमाइलो गर्ने कार्यक्रम रहेको महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाकी मेनका खड्काले जानकारी दिनु भयो । यस कार्यक्रमले नेपाली कला र प्रतिभाको समेत उजागर हुने विश्वास गरिएको छ ।
तीज विषेश कार्यक्रमका दिन लमही बजारमा रहेको ओम स्विट्स हाउसले दर ( खाजाको परिकार ) सौजन्य गर्न लागेको संचालक कमलजंग सिंह ठकुरीले जानकारी दिनु भयो ।
प्रतिक्रिया दिनुहोस्