घट्यो सुन चाँदीको मूल्य

दाङ समाचार
दाङ समाचार १५ आश्विन २०८०, सोमबार
1 Min Read
Aa

दाङ – सोमबार पनि सुन र चाँदीको मूल्य घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावल सुनको मूल्य तोलामा एक सय रुपैयाँले घटेर एक लाख ७ हजार ९ सय रुपैयाँ कायम भएको छ ।

आइतबार एक लाख ८ हजार रुपैयाँ तोलामा छापावल सुनको कारोबार भएको थियो । आजका लागि तेजावी सुनको मूल्य एक लाख ७ हजार ४ सय रुपैयाँ तोकिएको छ । आइतबार एक लाख ७ हजार ५ सय रुपैयाँमा तेजावी सुनको कारोबार भएको थियो ।

यस्तै,चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेर १३ स ४० रुपैयाँ कायम भएको छ । आइतबार १३ सय ६० रुपैयाँ तोलामा चाँदीको कारोबार भएको थियो ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्