अन्जु पन्तको आवाजमा रहेको ‘पहिलो माया आफ्नो भएन’ बोलको गीत सार्वजनिक

प्रिया स्मृती गजमेर
प्रिया स्मृती गजमेर ११ माघ २०८०, बिहीबार
2 Min Read
Aa

दाङ – बहुचर्चित गायिका अन्जु पन्तको आवाजमा रहेको ‘पहिलो माया आफ्नो भएन’ बोलको गीत सार्वजनिक भएको छ । यो गीत हिम सम्झौता डिजिटल अफिसियल युटुब च्यानल मार्फत बजारमा आएको छ ।

शब्द र संगीत क्षेत्रका बादशाह दिवान किनारको मर्म स्पर्शी शब्द / संगीत रहेको यस गीत विशाल घिमिरेले डाइरेक्सन गरेका छन् भने शंकर चन्द र बिना रावतको गज्जबको अभिनय रहेको छ । दुई प्रेमी विचको माया ममतालाई यो गेटमा दर्शाउन खोजिएको छ । पहिलो माया आफ्नो नभएको, अर्को माया रोज्ने तिर मन नगएको, जुन माया पूर्ण हुन् सक्दैन त्यहि मायामा मन अल्झिएको, संगै जिउने बाचा गरे पनि त्यो पुरा हुन नसकेर दुखि भएको जस्ता भावहरु समेटिएका छन ।

‘तिमि कसको हुने होला, माया एउटासंग बिहे अर्कोसंग’ जस्ता लोकप्रिय गीतका सर्जक किनारले नै ‘पहिलो माया आफ्नो भएन’ बोलको गीतको शब्द कोर्नु भएको र संगीत भर्नु भएको छ । विगत लामो समयदेखि हिम सम्झौताले गीत संगीतलाई बजार व्यवस्थापनको काम गर्दै आएको छ । यस कम्पनी बाट बजारमा आएका थुप्रै गीतहरु हित भएका छन् ।

अन्य गीतहरु जस्तै यो ‘पहिलो माया आफ्नो भएन’ बोलको गीतले पनि आम दर्शक स्रोताको मन जित्ने विश्वास छ’- हिम सम्झौता डिजिटल प्रालिका प्रवन्ध निर्देशक नन्दराम परियारले बताउनु भयो ।

यो गीतको पुरा भिडियो हेर्नका लागि तलको लिंकमा क्लिक गर्नुहोला।

प्रिया स्मृती गजमेर

प्रतिक्रिया दिनुहोस्